आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

‘जेनजी’को आन्दोलनले राज्य व्यवस्था समिति प्रभावित, गृहमन्त्री बिचमै हिँडे

सोमबार, २३ भदौ २०८२, १२ : ४३
सोमबार, २३ भदौ २०८२

सारांश

  • जेनजीको आन्दोलनका कारण राज्य व्यवस्था समिति बैठक प्रभावित भयो।
  • प्रहरी विधेयकमाथि छलफल चलिरहँदा गृहमन्त्री रमेश लेखक बैठकबाट हिँडेपछि बैठक स्थगित भयो।
  • स्थानीय प्रशासनले जेनजीको आन्दोलनका कारण कर्फ्यु आदेश जारी गर्यो।

काठमाडौँ । 'जेनजी'को आन्दोलनका कारण सोमबारको राज्य व्यवस्था समिति बैठक प्रभावित बनेको छ । प्रहरी विधेयकमाथि छलफल भइरहँदा गृहमन्त्री रमेश लेखक बिचमै हिँडेपछि बैठक प्रभावित बनेको हो । 

गृहमन्त्री हिँडेसँगै सभापति ईश्वरीदेवी न्यौपानेले बैठक स्थगित भएको घोषणा गरिन् । 

जेनजीको आन्दोलनका कारण स्थिति असहज बनेसँगै स्थानीय प्रशासनले सोमबार दिउँसो साढे १२ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ।  स्थिति असहज भएकै कारण गृहमन्त्री आवश्यक छलफलका लागि बैठकबाट बाहिरिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप