आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

गङ्गा दाहालको घरमा जलेको अवस्थामा पुरुषको शव फेला

बुधबार, २५ भदौ २०८२, १३ : ५९
बुधबार, २५ भदौ २०८२

काठमाडौँ । ललितपुरको ढोलाहिटीमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गङ्गा दाहालको घरमा शव भेटिएको छ । प्रदर्शनकारीहरूले मंगलबार उनको घरमा आगजनी गरेका थिए ।

जलेको अवस्थामा एक जना पुरुष व्यक्तिको शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए । शव पहिचान भएको छैन ।

शव पोस्टमार्टमको लागी पाटन अस्पतालमा पठाइने एसएसपी अधिकारीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप