आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

भैंसेपाटीका इन्स्पेक्टरलाई स्थानीयले गरे स्वागत

बिहीबार, २६ भदौ २०८२, २० : १३
बिहीबार, २६ भदौ २०८२

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भैंसेपाटीस्थित प्रहरी प्रभागमा आगजनीपछि विस्थापित भएका प्रहरीलाई स्थानीयले स्वागत गरेका छन् ।

बिहीबार मध्याह्न प्रहरी कार्यालयमा सरसफाइ गरेर स्थानीयले त्यहाँ कार्यरत इन्स्पेक्टर शशि शर्माको टोलीलाई स्वागत गरेका हुन् ।

स्थानीयसँगको सहकार्यमा प्रहरी कर्मचारी आगजनी भएकै भवनमा बस्न थालेका छन् । ललितपुरका ११ वटा प्रहरी कार्यालयहरू पुनर्स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप