जेनजी अगाडि सारेकालाई अन्तरिम सरकार प्रमुख बनाउन कांग्रेस तयार छ : गगन थापा (भिडियो)
सारांश
- कांग्रेस महामन्त्री गगन थापाले अन्तरिम सरकारको प्रमुखमा जेनजी समूहले चाहेको व्यक्तिलाई समर्थन गर्ने बताए।
- उनले भदौ २३ र २४ गतेका घटनाहरूको छानबिन हुनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने कुरामा जोड दिए।
- थापाले अन्तरिम सरकारलाई संविधानसँग जोड्न र उत्तेजना फैलाउन नहुने कुरामा जोड दिए।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी समूहले अगाडि सारेका व्यक्तिलाई नै अन्तरिम सरकारको प्रमुख बनाउन कांग्रेस तयार रहेको बताएका छन् । भिडियो सन्देश जारी गर्दै महामन्त्री थापाले जेनजी समूहले राखेको मागलाई सम्मान र सम्बोधन गरेर मात्रै देश अगाडि बढ्न सक्ने बताएका छन् ।
‘जेनजी समूहले अगाडि सारेका व्यक्तिलाई नै अन्तरिम सरकारको प्रमुख बनाउन कांग्रेस तयार छ,’ महामन्त्री थापाले भिडियोमा भनेका छन्, ‘जेनजी समूहले राखेको मागलाई सम्मान र सम्बोधन गरेर मात्रै देश अगाडि बढ्न सक्छ ।’
थापाले भदौ २३ गते भएको घटनामा पार्टीका तर्फबाट माफी माग्दै भदौ २३ र २४ गते भएका प्रत्येक घटनाको छानबिन हुनुपर्ने बताए । ‘भदौ २३ र २४ गते घटेका प्रत्येक घटनाको छानबिन हुनुपर्छ । दोषीले कानुनअनुसारको सजाय पाउनुपर्छ,’ थापाले भनेका छन् ।
नियतवश सरकारी संरचनामाथि क्षति गर्नेहरूलाई कानुनको दायरामा ल्याउनुपर्ने थापाले बताए । ‘तत्काल नयाँ सरकार बनेपछि कांग्रेसको माग रहन्छ– भदौ २३ र २४ दुवै दिनमा भएका अमानवीय जति पनि घटना छन्, क्रुर घटना प्रत्येकको छानबिन र जोसुकै होस् त्यसले कानुनअनुसार कारबाही हुनुपर्छ ।’
उत्तेजना फैलाउने होइन, सबैलाई जोड्न कांग्रेसले पहल कदमी लिने थापाले बताए । कांग्रेस सच्चिने र झन् बलियो भएर उठ्ने थापाको भनाइ छ ।
अब बन्ने अन्तरिम सरकारलाई संविधानसँग जोड्न कांग्रेसले आग्रह गर्ने थापाले बताए । ‘२०७२ को संविधानसँग जोडिएन भने अहिलेको सरकारले दिने समाधान स्थायी समाधान हुन सक्दैन । बाटो सजिलो छैन । संविधानसम्मत बनाउन आवश्यक छ,’ थापाले भने ।
यस्तो छ उनको भिडियो सन्देश-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण