सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

वीरगञ्ज–रक्सौल नाकामा आवतजावतमा कडाइ

शुक्रबार, २७ भदौ २०८२, १५ : ११
शुक्रबार, २७ भदौ २०८२

वीरगञ्ज । नेपालमा जेनजी आन्दोलन पश्चात वीरगन्ज–रक्सौल नाकामा कडाइ गरिएको छ । नेपालबाट भारत र भारतबाट नेपाल आवतजावतमा रोक लगाइएको छ ।

नेपालको मुख्य प्रवेशद्वार वीरगञ्ज–रक्सौल नाकाको मितेरी पुलमा दुवै देशका सुरक्षा निकायले प्रवेशमा कडाइ गरेका छन् । भारतीय एसएसबीले स्पेसल डग (कुकुर) नै सीमामा राखेर जाँचमा कडाइ गरिरहेको छ ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भारतसँग जोडिएका पर्सा जिल्लाका नाकामा कडाइ गरेको छ । परिचयपत्रबाहेकका नागरिकलाई आवतजावतमा रोक लगाइएको भारतीय सीमा सुरक्षा बलका इन्स्पेक्टर विकास कुमारले बताए ।

उनका अनुसार भारतसँग जोडिएको सीमा नाकाबाट भारत प्रवेशमा अहिले पूर्णरुपमा रोक लगाइएको छ ।

भारतसँग जोडिएको सीमा नाकाबाट नेपाल–भारतमा पैदल मात्रै हिँड्डुल गर्न दिइएको छ ।त्यसका लागि भारतबाट नेपाल फर्किने नेपाली नागरिकलाई भने परिचयपत्र अनिवार्य गरिएको छ ।

पर्साका प्रहरी प्रमुख गौतम मिश्रले भारतीय सुरक्षाकर्मीसँगकाे समन्वयमा भारतमा फसेका नेपाली नागरिकलाई परिचयपत्रको जाँच गरेर प्रवेश गर्नमा सहजता प्रदान गरिएको बताए  ।

उनले भने,'अहिले भारतबाट नेपाल फर्किने चाहने नेपाली नागरिकलाई नेपाली परिचयपत्र अनिवार्य गरिएको छ । यताबाट भारततर्फ जाने भारतीय नागरिकको हकमा पनि भारतीय आधार कार्डको आधारमा जान दिइएको छ ।’ 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप