शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

सुशीलाले शपथ लिएर मन्त्रिपरिषद् बैठक बसेसँगै संसद् विघटनको सिफारिस हुने

शुक्रबार, २७ भदौ २०८२, २० : ३७
शुक्रबार, २७ भदौ २०८२

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले ९ बजे शपथ लिने भएकी छन् । त्यसलगत्तै मन्त्रिपरिषद् बैठक बसेर उनले संसद विघटनको सिफारिस गर्ने तयारी गरेकी छन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले उनी प्रधानमन्त्रीमा नियुक्त भइसकेको पुष्टि गर्दै आजै राति ९ बजे शपथ लिएलगत्तै मन्त्रिपरिषद् बैठक बस्ने बताए । 

उनले मन्त्री कति जना बन्ने भन्नेचाहिँ नाम आउन बाँकी रहेको बताए । तर, सबै प्रक्रिया ९ बजे पूरा भएर शपथ हुने र त्यसपछि संसद् विघटनको सिफारिस मन्त्रिपरिषद्ले गर्ने उनले बताए । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले संसद् विघटन गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप