जेनजी आन्दोलन : लुम्बिनीका माओवादी पार्टी कार्यालयमा करिब ७० लाखकाे क्षति
बुटवल । जेनजी आन्दोलनको क्रममा लुम्बिनी प्रदेश भित्र रहेका नेकपा माओवादी केन्द्रका ६ वटा पार्टी कार्यालयमा क्षति भएको छ । आगजनी तथा तोडफोडबाट करिब ७० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
आन्दोलनकारीहरूले माओवादीको लुम्बिनी प्रदेश कार्यालय बुटवल, गुल्मी,प्युठान, दाङ,अर्घाखाँचीमा रहेका जिल्ला पार्टी कार्यालयहरुमा तोडफोड तथा आगजनी गरेका थिए ।
यस्तै बाँकेको कोलपुरमा रहेको नगर पार्टी कार्यालयमा पनि तोडफोड गरिएको थियो । माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको रातोपाटीलाई बताए ।
उनले भने,'अहिले प्रारम्भिक रिपोर्ट अनुसार करिब ७० लाख बराबरको क्षति भएको देखिन्छ,क्षतिको रकम वृद्धि थपघट हुनसक्छ ।'
उनका अनुसार बुटवलस्थित पार्टी कार्यालयमा ७ लाख, कोहलपुरमा ३ लाख ,प्युठानमा २० लाख,दाङको घोराहीमा १२, अर्घाखाँचीको सन्धीखर्कमा १२ लाख, गुल्मीको तम्घासमा १५ लाख बरावरको क्षति भएको प्रारम्भिक अनुमान छ उनका अनुसार अहिले पार्टी कार्यालयहरू सरसफाइ गर्ने काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण