आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

जेनजी प्रदर्शन : २२ गाउँपालिकामा पूर्ण क्षति, १८ मा आंशिक

वडा र जनप्रतिनिधिको घरमा समेत क्षति
आइतबार, २९ भदौ २०८२, १७ : २१
आइतबार, २९ भदौ २०८२

सारांश

  • जेनजी आन्दोलनले क्षति पुर्‍याएको गाउँपालिका भवनको विवरण सार्वजनिक गरिएको छ।
  • कोशी प्रदेशमा गाउँपालिका र वडा कार्यालयका भवनमा सबैभन्दा बढी क्षति पुगेको छ।
  • गाउँपालिका राष्ट्रिय महासङ्घले घटनाको निन्दा गर्दै छानबिन र कारबाहीको माग गरेको छ।

काठमाडौँ । जेनजी आन्दोलनले क्षति पुर्‍याएका गाउँपालिका भवनको विवरण सार्वजनिक भएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घले जेनजी आन्दोलनका कारण क्षति पुगेका गाउँपालिका, वडा कार्यालय र जनप्रतिनिधिका घरहरूको तथ्याङ्क सार्वजनिक गरेको हो । 

तथ्याङ्क अनुसार कोशी प्रदेशमा गाउँपालिकाको प्रशासनिक भवन र वडा कार्यालय भवनमा सबैभन्दा बढी क्षति पुगेको छ ।  

कोशी प्रदेशमा गाउँपालिकाको प्रशासनिक भवन पूर्ण रूपमा ९ र आंशिक रूपमा ५ वटामा क्षति पुगेको छ । वडा कार्यालयको भवन ३८ पूर्ण र २० आंशिक रूपमा क्षति भएको छ । यस प्रदेशमा जनप्रतिनिधिको २ घर पूर्ण र १ घर आंशिक रूपमा क्षति भएको छ ।

मधेस प्रदेशमा गाउँपालिकाको प्रशासनिक भवन ६ पूर्ण र १ आंशिक रूपमा क्षति भएको छ । वडा कार्यालयको भवन १ पूर्ण र १ आंशिक रूपमा क्षति भएको छ । यस प्रदेशमा जनप्रतिनिधिको ३ घर पूर्ण र १ घर आंशिक रूपमा क्षति भएको छ ।

बागमती प्रदेशमा गाउँपालिकाको प्रशासनिक भवन ४ पूर्ण र १ आंशिक रूपमा क्षति भएको छ। वडा कार्यालयको भवन  ३ वटामा आंशिक रूपमा क्षति भएको छ । यस प्रदेशमा जनप्रतिनिधिको १ घर पूर्ण र १ घर आंशिक रूपमा क्षति भएको छ ।

गण्डकी प्रदेशमा गाउँपालिकाको प्रशासनिक भवन ३  वटामा आंशिक रूपमा क्षति भएको छ। वडा कार्यालयको भवन एउटामा  आंशिक रूपमा क्षति भएको छ । यस प्रदेशमा जनप्रतिनिधिको १ घर पूर्ण र क्षति भएको छ ।

लुम्बिनी प्रदेशमा गाउँपालिकाको प्रशासनिक भवन १ पूर्ण र ३ आंशिक रूपमा क्षति भएको छ। वडा कार्यालयको भवन २ पूर्ण र ४ आंशिक रूपमा क्षति भएको छ। यस प्रदेशमा जनप्रतिनिधिको १ घर पूर्ण रूपमा क्षति भएको  छ ।

कर्णाली प्रदेशमा गाउँपालिकाको  प्रशासनिक भवन, वडा कार्यालयको भवन र  गाउँपालिका जनप्रतिनिधिको घरमा कुनै क्षति भएको छैन ।

सुदूरपश्चिम प्रदेशमा गाउँपालिकाको प्रशासनिक भवन १ पूर्ण र ५ आंशिक रूपमा क्षति भएको छ । वडा कार्यालयको भवन १३ आंशिक रूपमा क्षति भएको छ। यस प्रदेशमा जनप्रतिनिधिको २ घर पूर्ण रूपमा क्षति भएको छ ।

समग्रमा, गाउँपालिकाको २२ प्रशासनिक भवन पूर्ण र १८ आंशिक रूपमा, ४१ वडा कार्यालय पूर्ण र ४३ आंशिक रूपमा, र १० जनप्रतिनिधिको घर पूर्ण र ३ आंशिक रूपमा क्षति भएको छ ।

गाउँपालिका राष्ट्रिय महासङ्घले घटनाको निन्दा गर्दै यस्ता गतिविधिले स्थानीय सरकारको कार्य सञ्चालनमा बाधा पुगेको बताएको छ । महासङ्घले सम्बन्धित निकायलाई घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न आग्रह गरेको छ ।

r

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप