मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

अर्जेन्टिनाविरुद्ध फ्रान्सको अग्रताः फ्रान्स ४, अर्जेन्टिना २

शनिबार, १६ असार २०७५, २१ : १५
शनिबार, १६ असार २०७५

काठमाडौं । रुस विश्वकप अन्तर्गत अर्जेन्टिना र फ्रान्सको खेल रोचक बनेको छ । पहिलो हाफमा एकएक बराबरी खेलेको अर्जेन्टिनाविरुद्व  फ्रान्सले दोस्रो हाफमा ३–२ गोल गरेको छ । 

खेलको पहिलो हाफको सुरुवाती गोल फ्रान्सका खेलाडी एन्टोइन ग्रिजम्यानले १४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । 

त्यस्तै फ्रान्सले सुरुमै पेनाल्टीमार्फत गोल गरे पनि अर्जेन्टिनाका खेलाडी एन्जल डि मारियाले पनि पहिलो हाफको अन्त्यतिर उत्कृष्ट गोल गरे । 

त्यो सँगै पहिलो हाफमा एकएक बराबरी खेलेको अर्जेन्टिनाले दोस्रो हाफको पहिलो मिनेटमै २–१ को अग्रता लिएको थियो ।  

खेलको ४९ औं मिनेटमा मेसीको पासमा गाब्रियल मर्काडोले उत्कृष्ट गोल गरेका थिए । 

यता फ्रान्सका खेलाडी बेन्जामिन पाभार्डले खेलको ५७ औं मिनेटमा गोल गर्दै बराबरी बनाए ।

त्यस्तै फ्रान्सका खेलाडी केलिन एम्बापेले खेलको ६४ मिनेटमा तेस्रो गोल गरेका हुन् । 

चौथो गोल भने फ्रान्सका खेलाडी केलिन एम्बापेले नै  ६८ औं मिनेटमा गरेका हुन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप