जेनजी आन्दोलन
उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग तीन सदस्यीय हुने, समय एक महिना
मङ्गलबार, ३१ भदौ २०८२, १६ : ४०
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनका क्रममा भएको क्षति र ज्यादतीको छानबिन गर्न गठन हुने उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग तीन सदस्यीय हुने बताएकी छन् ।
बीबीसी नेपाली सेवालाई विशेष अन्तर्वार्ता दिँदै प्रधानमन्त्री कार्कीले त्यो आयोगलाई छानबिनका लागि एक महिनाको समय दिइने र त्यो समयमा काम गर्न नसकिने १५ दिन थप्ने बताइन् ।
‘छानबिन आयोग तीन सदस्यीय बन्नेछ । पहिला एक महिनाको समय दिइन्छ, त्यो समयले नपुगेका १५ दिन थपिनेछ,’ प्रधानमन्त्री कार्कीले अन्तर्वार्ताका क्रममा भनिन् ।
कार्की नेतृत्वको मन्त्रिपरिषद्को सोमबार बसेको पहिलो बैठकले आन्दोलनका क्रममा भएको क्षति र ज्यादतीको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको थियो ।
उनले मन्त्रिपरिषद् पूर्ण भएपछि भ्रष्टाचार छानबिनका लागि पनि आयोग बनाउने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढेको अण्डाको मूल्य आजदेखि लागू, कति पुग्यो प्रति क्रेट ?
-
न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
-
धुलिखेल खानेपानी आयोजना पुनः निर्माण
-
चरा संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा जोड
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘एआई एक्स-रे’बाट क्षयरोग सङ्क्रमित खोज्दै तुलसीपुर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण