आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

माओवादी केन्द्रकाे पदाधिकारी बैठक आज

आइतबार, ०५ असोज २०८२, ०७ : २२
आइतबार, ०५ असोज २०८२

सारांश

  • माओवादी केन्द्रले जेनजी आन्दोलन र पार्टीभित्रको अन्तर्विरोधबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ।
  • बैठक आज दिउँसो पेरिसडाँडामा बस्नेछ, उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए।
  • जेनजीको विद्रोहका कारण केपी ओली नेतृत्वको गठबन्धन सरकार ढलेको थियो र सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ।

काठमाडौँ । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति र पार्टीभित्र बढ्दै गएको अन्तर्विरोधबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । 

बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । 

भदौ २३ र २४ गते जेनजीको विद्रोहको कारण केपी ओली नेतृत्वको गठबन्धन सरकार ढलेको थियो । 

सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप