बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हाइज्याक गर्ने प्रयास भएको हो एयर इन्डियाको विमान ?

सोमबार, ०६ असोज २०८२, १६ : ४३
सोमबार, ०६ असोज २०८२

सारांश

  • एयर इन्डियाको उडानमा एक यात्रुले ककपिटको ढोका खोल्ने प्रयास गरेपछि विमानभित्र हङ्गामा मच्चियो।
  • यात्रुले सही पासकोड प्रयोग गरेपनि पाइलटले अपहरणको डरले ढोका खोल्न दिएनन् र ती व्यक्तिलाई सीआईएसएफलाई बुझाइयो।
  • ककपिटमा छिर्न खोज्नुको कारण अनुसन्धान भइरहेको छ, यात्रुले शौचालय जान खोजेको बताएका छन्।

नयाँ दिल्ली । बेंगलुरुबाट वाराणसी जाँदै गरेको एयर इन्डियाको उडानमा एक यात्रुले ककपिटको ढोका खोल्ने प्रयास गरेपछि विमानभित्र हङ्गामा मच्चियो । यात्रुले सही पासकोड प्रयोग गरेका थिए । तर क्याप्टेनले अपहरणको डरले ढोका खोल्न मानेनन् । ती व्यक्ति अन्य आठ यात्रुहरूसँग यात्रा गरिरहेका थिए । सबै नौ यात्रुहरू सीआईएसएफलाई बुझाइएको छ ।

‘हामीले मिडिया रिपोर्टहरूमा वाराणसी जाने उडानको बारेमा जानकारी प्राप्त गर्‍यौँ । शौचालय खोज्दै गर्दा एक यात्रु ककपिटको प्रवेशद्वारमा प्रवेश गरे । हामी जनतालाई आश्वस्त पार्न चाहन्छौँ कि उडानमा कडा सुरक्षा उपायहरू अपनाइएको छ र कुनै पनि प्रकारको त्रुटि भएको छैन’ एयर इन्डियाले भनेको छ । 

अवतरण गर्दा अधिकारीहरूलाई घटनाको बारेमा जानकारी दिइएको थियो । अहिले यस घटनाको अनुसन्धान भइरहेको छ । यात्रुले ककपिटमा किन छिर्न खोज्दै थिए भन्ने कुरा अझै थाहा हुन सकेको छैन । एयर इन्डिया एक्सप्रेसको उडान आईएक्स–१०८६ बिहान ८ बजेपछि बेंगलुरुबाट प्रस्थान गरेको थियो ।

एयर इन्डिया एक्सप्रेसको उडान उडेको केही समयपछि, ती यात्रुले ककपिट क्याबिनको ढोका खोल्ने प्रयास गरेका थिए । ककपिटमा घुस्न पासकोड हाल्ने बित्तिकै यसको सिग्नल पाइलटकहाँ पुग्यो । सीसीटीभी फुटेज हेरेपछि हाइज्याक हुने डरले उनले ढोका खोलेनन् । ती यात्रुले ककपिटको पासकोड कसरी थाहा पाए भन्ने प्रश्न यतिबेला उठिरहेको छ ।

ककपिटको ढोका खोल्न खोज्ने यात्रुले पहिलो पटक हवाई यात्रा गरिरहेको बताइएको छ । किन त्यसो गरेको ? भनेर सोध्दा उनले शौचालय प्रयोग गर्न चाहेको र ककपिटको ढोकालाई शौचालयको ढोका भन्ने सोचेको बताए । उनले ककपिटको ढोका खोल्ने प्रयास गरिरहेका छन् भन्ने कुरा चालक दलले उनलाई जानकारी दिएपछि उनी चुपचाप पछि हटेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप