राष्ट्रिय जनमोर्चाको बैठक : के–के गर्यो निर्णय ?
मङ्गलबार, ०७ असोज २०८२, १५ : ३६
काठमाडौँ । चित्र बहादुर केसी नेतृत्वकाे राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयको बैठक बुटवलमा सम्पन्न भएको छ । आइतबार सम्पन्न बैठकले विभिन्न तीन वटा निर्णयहरू गरेको छ ।
आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनबारे सरकारले निर्णय गरेपछि कुन रूपमा स्थितिको विकास हुन्छ ? त्यस आधारमा आगामी केन्द्रीय कमिटीको बैठकले निर्वाचनबारे ठोस निर्णय लिने छ ।
बैठकले गत भदौ २३ र २४ गते जेनजीहरुको प्रदर्शनमा भएको तोडफोड, आगजनी तथा ध्वंसात्मक कार्यबारे निष्पक्ष तरिकाले छानबिन गरेर दोषीमाथि कारबाही गर्नुपर्ने माग गरेको छ ।
- राष्ट्रपतिले अन्तरिम सरकारलाई ६ महिनाभित्र निर्वाचन गराउने कार्यादेश दिएको छ । यद्यपि सरकारले अझै त्यस विषयमा आधिकारिक रूपले कुनै निर्णय गरिसकेको छैन । निर्वाचनबारे सरकारले निर्णय गरेपछि कुन रूपमा स्थितिको विकास हुन्छ ? त्यस आधारमा आगामी केन्द्रीय कमिटीको बैठकले निर्वाचनबारे ठोस निर्णय लिने छ ।
- देशमा हालै जेनजी आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी तथा ध्वंसात्मक कार्यबारे विस्तृत रूपमा बैठकमा छलफल भयो । बैठकले त्यसबारे विस्तृत रूपमा निष्पक्ष तरिकाले छानबिन गरेर दोषीमाथि कारबाही गर्नुपर्ने माग गरेको छ ।
- प्रतिगमनका विरुद्ध समान समझदारी कायम हुने राजनीतिक शक्तिहरूसँग कार्यगत एकता वा तालमेल गर्ने ठेगान भएको छ । तर त्यसका लागि पहिले केन्द्रीय स्तरमा समझदारी भएपछि नै जिल्लाहरूमा त्यसअनुसार कार्यगत एकता वा सहकार्य गरेर जान सक्ने छन् । तर असंवैधानिक प्रकारले मन्त्रीपरिषद् गठन गरेको, संसद्को विघटन गरेको समेतका विषयमा जिल्ला स्तरमा वा जनवर्गीय मोर्चाहरूको स्तरमा पनि वक्तव्य दिने सकिने छ । तर त्यसो गर्दा राजावादी र कथित स्वतन्त्र पार्टीसित कुनै पनि तालमेल वा सहकार्य गरिने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण