शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

रविबारे रास्वपाको प्रष्टीकरण– प्रशासनबाट दशौँ पटक फोन आएपछि बाहिर निकालिएको हो

मङ्गलबार, ०७ असोज २०८२, १६ : ४५
मङ्गलबार, ०७ असोज २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने भदौ २४ गते नख्खु कारागारबाट निस्किएको विषयमा प्रष्टीकरण दिएको छ । 

मंगलबार केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकपछि सह प्रवक्ता प्रतिभा रावलले रविको बचाउमा प्रष्टीकरण दिएकी हुन् । 

सहकारी ठगी आरोपमा पुर्पक्षका लागि जेल चलान भएका रविलाई भदौ २३ र २४ गते जेनजी आन्दोलनको मौका छोपी पार्टी नेताहरूले बाहिर निकालेको आरोप लागेको थियो । त्यतिमात्र नभई रविकै कारण कैदीहरू समेत निस्किएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

‘भदौ २४ गते सभापति रवि कसरी कारागारबाट निस्के भन्न प्रश्न उठेका छन् । त्यसमा कति कुराहरू अतिरञ्जित पनि छ । त्यो दिन कारागार प्रशासनबाट उहाँको सुरक्षाका लागि पार्टीका शीर्ष नेतृत्व वा परिवार को हुनुहुन्छ छिटो आइदिनुपर्‍यो भनेर पटक–पटक भनियो । एक पटक एक जनालाई होइन । दशौँ पटक दशौँ मानिसलाई फोन आएको छ । त्यसपछि उहाँ निस्किनुपर्ने अवस्था आएको हो’, प्रष्टीकरण दिँदै रावलले भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप