एसिया कप
एसिया कप: सुपर ओभरमा श्रीलङ्कामाथि भारतको जित
शनिबार, ११ असोज २०८२, ०० : ५२
सारांश
- भारतले एसिया कप टी-२० क्रिकेटको सुपर ओभरमा श्रीलङ्कालाई पराजित गर्यो।
- २० ओभरको खेल बराबरी भएपछि नतिजा सुपर ओभरबाट तय भयो।
- सुपर ओभरमा श्रीलङ्का २ रनमा अल आउट भयो र भारतले जित हासिल गर्यो।
काठमाडौँ। एसीसी एसिया कप टी-ट्वान्टी क्रिकेटको सुपर–चारमा भारतले श्रीलङ्कामाथि सुपर ओभरमा रोमाञ्चक जित हासिल गरेको छ ।
निर्धारित २० ओभरको खेल बराबरी भएपछि नतिजा सुपर ओभरमार्फत तय भएको हो।
पहिलो ब्याटिङ गर्दै भारतले २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रन बनायो। जवाफी ब्याटिङमा श्रीलङ्काले पनि २० ओभरमै ५ विकेट गुमाएर २०२ रन नै बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।
सुपर ओभरमा श्रीलङ्का दुई विकेट गुमाउँदै २ रन बनाएर अल आउट हुन पुग्यो । ३ ओभरको लक्ष्य पाएको भारतले सुपर ओभरको पहिलो बलमा सूर्य कुमार यादवले ३ रन बनाए ।
यससँगै भारतले एसिया कपको सुपर ४ अन्तर्गत अन्तिम खेल जितेर फाइनल यात्रा पक्का गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण