आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनमा मृत्यु भएका बिनोद महर्जनका परिवारलाई १५ लाख सहयोग हस्तान्तरण

आइतबार, १२ असोज २०८२, १३ : ४५
आइतबार, १२ असोज २०८२

काठमाडौँ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ललितपुर महानगरपालिका–७ निवासी स्व. बिनोद महर्जनका परिवारलाई सरकारले १५ लाख रुपैयाँ प्रदान गरेको छ ।

सरकारले उपलब्ध गराएको उक्त रकममध्ये १० लाख आर्थिक सहायता र ५ लाख क्रिया तथा अन्य खर्च शीर्षकमा उपलब्ध गराइएको हो । यो रकमको बैंक चेक ललितपुर प्रजिअ सुमन घिमिरेले वडा अध्यक्षको रोहबरमा मृतकका आमा लतामाया महर्जनलाई उनीहरूको घरमै पुगेर आइतबार हस्तान्तरण गरेका हुन् ।

आन्दोलनका क्रममा ज्यान गुमाउने अन्य मृतकका परिवारलाई समेत सरकारले आवश्यक प्रक्रिया अनुसार राहत र सहायता उपलब्ध गराउने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप