काँचो, सुकेको वा धुलो, स्वास्थ्यको लागि कुन बेसार हुन्छ बढी फाइदाजनक ?
सारांश
- बेसार नेपाली भान्सामा प्रयोग हुने एक महत्त्वपूर्ण मसला हो, जसले स्वाद र स्वास्थ्य दुवैमा फाइदा गर्छ।
- काँचो बेसारमा करक्युमिन र प्राकृतिक तेलहरू बढी हुन्छन्, तर सुकेको वा पाउडर बेसार पनि प्रयोग गर्न सकिन्छ।
- बेसार शरीरमा सुन्निने समस्या कम गर्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन र विभिन्न स्वास्थ्य समस्याहरूबाट राहत दिन सहयोगी हुन्छ।
काठमाडौँ । बेसार हरेक नेपालीको भान्सामा पाइन्छ । यसको प्रयोग बिना तरकारी अपूरो हुन्छ । यसले खानामा स्वाद र रंग त थप्छ नै हाम्रो स्वास्थ्यलाई पनि सुरक्षित राख्छ ।
तर के तपाईंले कहिल्यै सोच्नुभएको छ ? हाम्रो स्वास्थ्यको लागि काँचो बेसार, सुकेको बेसार, वा बेसारको धुलो कुन बढी फाइदाजनक होला ? आजको लेखमा हामी यसैबारे कुराकानी गर्नेछौँ ।
शुद्धता र पोषक तत्त्वहरूको हिसाबले काँचो बेसार बढी फाइदाजनक छ । काँचो बेसारमा करक्युमिनको मात्रा बढी हुन्छ र स्वास्थ्यको लागि आवश्यक प्राकृतिक तेलहरू पनि यसमा हुन्छ ।
काँचो बेसार फेला पार्न सक्नु भएन भने तपाईंले राम्रो गुणस्तरको सुकेको बेसार पनि प्रयोग गर्न सक्नुहुन्छ । बेसारको सुकेको सिम्टा किनेर ल्याएर घरमै पिसेर पाउडर बनाउनुभयो भने झनै राम्रो ।
सजिलो विधि चाहनुहुन्छ भने तपाईंले बेसारको कुनै प्रतिष्ठित ब्रान्ड पनि प्रयोग गर्न सक्नुहुन्छ । यसभन्दा अघि यो बेसार शुद्ध र मिसावटमुक्त छ भन्ने कुरा सुनिश्चितचाहिँ गर्नुहोस् ।
यी सबै कुराको निष्कर्ष यही हो कि बेसार माथि भनिएका तीनै रूपहरूमा लाभदायक हुन्छ । तपाईंले गर्नुपर्ने भनेको सही छनोट गर्ने र यसलाई आफ्नो प्राथमिकता र उपलब्धता अनुसार आहारमा समावेश गर्ने हो ।
यस्ता छन् बेसारका फाइदाहरूः
बेसारले शरीरको कुनै पनि भागमा गाठागुठी, जोर्नी दुखेको वा शरीरका भित्र हिस्सामा सुन्निएको समस्याबाट ठुलो राहत दिन्छ । यसलाई दैनिक रुपमा सेवन गर्नाले पुरानो रोगहरूसँग सम्बन्धित सुन्निएको पनि कम गर्न सकिन्छ ।
बेसारले फ्री रेडिकलहरूलाई बेअसर गरेर हाम्रा कोषहरूलाई स्वस्थ राख्छ । बेसारले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मद्दत गर्दछ । यसमा एन्टिभाइरल, एन्टिब्याक्टेरियल र एन्टिफंगल गुणहरू पाइन्छ, जसले हामीलाई चिसो, खोकी, फ्लू र अन्य संक्रमणहरूबाट बचाउँछ ।
यसले ग्यास, एसिडिटी र पेट फुल्नेजस्ता समस्याहरूबाट पनि राहत दिन्छ । यसबाहेक पनि बेसारले मुटुको स्वास्थ्यलाई बढावा दिन्छ, छालाको स्वास्थ्य सुधार गर्छ र दिमागलाई तीक्ष्ण बनाउँछ ।
यो सामग्री अनलाइनबाट तयार पारिरएको हो । यो कुनै पनि हिसाबले योग्य चिकित्सा रायको विकल्प होइन । थप जानकारीको लागि विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण