बैतडीमा सवारी दुर्घटना, तीन जना गम्भीर
बुधबार, १५ असोज २०८२, १३ : ३८
सारांश
- बैतडीमा भ्यान दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएका छन्।
- दुर्घटना पाटन-६ गाङको मोडमा भएको हो, जसमा चालक र २ जना यात्रु घाइते भए।
- घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।
बैतडी । बैतडीमा भ्यान दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । खोल्सीबाट पाटन बजारतर्फ आइरहेको सुप प्र ०१ ००१ च ४१२८ भ्यान पाटन–६ गाङको मोडमा आज बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा भ्यान चालक पाटन नगरपालिका–४ का मानध्वज भट्ट, सोही वडाका रमेश भट्ट र जयराम भट्ट गम्भीर घाइते भएका बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए । उनीहरूलाई डडेल्धुरा अस्पताल पठाइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण