शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
दसैँमा रमाइलो

लिङ्गेपिङमा झुम्दै, तस्बिरहरू

बुधबार, १५ असोज २०८२, १८ : ३०
बुधबार, १५ असोज २०८२

काठमाडौँ । दसैँको विशेषता अथवा मनोरञ्जनको प्रमुख माध्यम पिङले सबै उमेर समूहलाई तान्ने गर्छ । अधिकांश नेपाली दसैँ लागेसँगै पिङ हाल्न र खेल्न हुन्छन् । पिङ दसैँको उल्लास र उमङ्गको मूर्त प्रतीक हो ।

वर्षमा एकपटक भए पनि धर्ती छोड्न पर्ने धार्मिक र सांस्कृतिक विश्वासका आधारमा मानिसहरू पिङ खेल्न लालायित हुने गर्छन् । यो विश्वासले मानिसलाई केही समयका लागि सांसारिक बन्धनबाट मुक्त भई नयाँ ऊर्जा प्राप्त भएको महसुस गराउँछ । पिङलाई नयाँ अन्न ९नयाँ बाली० को स्वागत र प्रकृतिको उत्सवको रूपमा पनि लिइन्छ ।

दसैँमा पिङको महत्त्व मनोरञ्जनमा मात्र सीमित छैन, यो सामाजिक एकताको प्रतीक पनि हो । खासगरी लिङ्गे पिङ निर्माण गर्दा टोल छिमेकका युवाहरू, वृद्धहरू सबै भेला हुन्छन्, जसले समुदायमा भाइचाराको भावना बढाउँछ । पिङ बनाउने र खेल्ने कार्यले दसैँको पर्वमय वातावरणलाई थप जीवन्त बनाउँछ । 

पुरानो पुस्ताका लागि पिङ बाल्यकालको मधुर सम्झना हो भने नयाँ पुस्ताका लागि यो परम्परा बुझ्ने माध्यम हो । दसैँमा, विशेषगरी टीकाको दिन, आफ्ना मान्यजनबाट आशीर्वाद लिएपछि पिङ खेल्ने चलन छ । यसरी पिङले संस्कृति धान्ने, खुसी साटासाट गर्ने र सामाजिक सम्बन्ध बलियो बनाउने महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । आकाश छुन खोज्ने पिङको चालले नेपाली संस्कृतिलाई जीवन्त राखेको छ ।

शब्द/तस्बिरः भक्तपुरको चाँगुनारायण नगरपालिकामा पिङ झुम्दै स्थानीय । 

ping (15)ping (1)ping (14)ping (13)ping (12)ping (11)ping (10)ping (9)ping (8)ping (7)ping (6)ping (5)ping (4)ping (3)ping (2)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप