दसैँको टीकाकै दिन सुदूरपश्चिममा वर्षा, किसान चिन्तित
धनगढी । विजयादशमीको टीका ग्रहण गर्ने आजको शुभ दिनमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको छ ।
प्रदेशका कैलाली र कञ्चनपुरलगायत जिल्लाहरूमा बिहानैदेखि पानी परिरहेको छ, जसले गर्दा दसैँको टीका लगाउन आफन्तजन तथा मान्यजनकोमा जाने आउने कार्यमा केही असर पर्ने पनि देखिन्छ ।
मौसम विज्ञान विभागले यसअघि नै दसैँको टीकाको दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको थियो, सोही पूर्वानुमान अनुसार आज बिहानैदेखि यस क्षेत्रमा वर्षा भएको हो ।
यो बेमौसमी वर्षाले किसानहरूमा भने चिन्ता थपिदिएको छ । धान भित्र्याउने समयमा भइरहेको वर्षा नरोकिए धानबालीमा क्षति पुग्ने भन्दै किसानहरू चिन्तित बनेका हुन् । धेरैजसो किसानले धान काटेर खेतमै कुन्यू लगाएको अवस्था छ ।
काटेर सुकाउन राखेको धान पानीले भिज्दा पराल कुहिने र धानको गुणस्तर घट्ने जोखिम बढेको छ ।
पानीबाट धान जोगाउन किसानहरूले काटेर राखेको धानको कुन्यूलाई त्रिपालले छोपेर राखेका छन् । लगातार झरी परे धानबालीमा नोक्सानी पुर्याउन सक्ने त्रासमा किसानहरू छन् ।
सुदूरपश्चिम प्रदेश, विशेषगरी कैलाली र कञ्चनपुर, धान उत्पादनको मुख्य क्षेत्र मानिन्छ । केही वर्ष अगाडि धान भित्र्याउने समयमा भएको वर्षाले किसानले ठुलो क्षति व्यहोरेका थिए ।
_DJHtKma9NZ.jpg)
_sE8W6CG86r.jpg)
_8AdfCoaeT7.jpg)
_Ha7zUOloqc.jpg)
_8I1vx59QMS.jpg)
_XCknWOy7nW.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल
-
गाउँपालिकाले बनाइदियो भेडापालक किसानलाई खोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण