अपडेट
मौसम नखुलेसम्म आन्तरिक उडान नहुने, साढे १२ बजेसम्म २१ उडान रद्द
शनिबार, १८ असोज २०८२, १२ : ३५
सारांश
- खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान बन्द गरिएको छ।
- मौसम नखुलेसम्म उडान गर्न अनुमति नदिने निर्णय भएको प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए।
- शनिबार मध्याह्न साढे १२ बजेसम्म २१ आन्तरिक उडान रद्द भएका छन्, तर अन्तर्राष्ट्रिय उडान नियमित छ।
काठमाडौँ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान बन्द गरिएको छ । मौसम नखुलेसम्म उडान गर्न अनुमति नदिने निर्णय भएको त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले रातोपाटीलाई जानकारी दिए ।
‘खराब मौसमका कारण अहिले आन्तरिक उडान स्थगित भएको छ। मौसम नखुल्दासम्म यो काम रहिरहने छ’, उनले भने । शनिबार मध्याह्न साढे १२ बजेसम्म त्रिभुवन विमानस्थलबाट विभिन्न सहरमा हुने २१ आन्तरिक उडान रद्द भएका छन् ।
यस्तै अन्तर्राष्ट्रिय उडान भने नियमित सञ्चालनमा रहेको शेर्पाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेती नदीमा फसेका ११ जनाको सकुशल उद्धार
-
प्राविधिक मापदण्डमा आधारित मूल्याङ्कनबाट वित्तीय मूल्याङ्कनतर्फ
-
पुटिनलाई कूटनीति छाडेर आणविक हतियार चलाउन दबाब
-
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
-
‘डिजिटल सर्भिस ट्याक्स’ विवाद: युरोपबाट आउने सामानमा शतप्रतिशत कर लगाउने ट्रम्पको उद्घोष
-
मैदान छोडेर भाग्नेहरूप्रति मेरो कुनै टिप्पणी छैन : राजेन्द्र लिङ्देन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण