काठमाडौँबाट फरार कैदी रुपन्देहीमा पक्राउ
बिहीबार, २३ असोज २०८२, १२ : १५
सारांश
- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि फरार एक कैदी रुपन्देहीमा पक्राउ परेका छन्।
- कर्मचारी ज्यान मुद्दामा सजाय भोगिरहेका ६५ वर्षीय पुणत बासी लोनियालाई गैडहवा गाउँपालिकाबाट पक्राउ गरियो।
- फरार कैदीको खोजी देशभर जारी छ, जसमा करिब ६ हजार अझै फरार छन्।
बुटवल । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको प्रदर्शनपछि काठमाडौँको जगन्नाथ देवल कारागारबाट फरार एक कैदी रुपन्देहीमा पक्राउ परेका छन्।
कर्मचारी ज्यान मुद्दामा सजाय भोगिरहेका ६५ वर्षीय पुणत बासी लोनियालाई रुपन्देहीको गैडहवा गाउँपालिका–६ गुलरियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
इलाका प्रहरी कार्यालय सूर्यपूराबाट खटिएको टोलीले लोनियालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा जिम्मा लगाएको हो।
जेनजी आन्दोलनपछि तोडफोड र आगजनीका घटनामा काठमाडौँसहित देशभरका कारागारबाट कैदीबन्दी बाहिरिएका थिए। हालसम्म पनि देशभर करिब ६ हजार कैदीबन्दी फरार अवस्थामा रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण