आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

जापानले कुवेतलाई हराउँदा नेपाल सुपर सिक्समा

बिहीबार, २३ असोज २०८२, २० : ०५
बिहीबार, २३ असोज २०८२

काठमाडौँ । नेपाल र जापान आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा प्रवेश गरेका छन् । 

बिहीबार भएको खेलमा जापानले कुवेतलाई ५ विकेटले हराउँदा दुवै टोली सुपर सिक्समा पुगेका हुन् । 

अल इमिरेट्स क्रिकेट मैदानमा कुवेतले दिएको १७८ रनको लक्ष्य पछ्याएको जापानले १९ ओभर ३ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

जापानका लागि  ईसम रहमानले ६४ रनको अर्धशतकीय पारी खेले । ३९ बल खेलेका उनले ९ चौका र २ छक्का प्रहार गरे । 

त्यस्तै सबोरिश रविचन्द्रनले ३४ रन बनाउदा इब्राहिम टाकासीले १९ रन जोडे । कुवेतका लागि यसिन पटेल, मोहम्मद फारुक र  सिराजले एक एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै  १७७ रन बनायो । 

कुवेतका लागि अलि जाहेरले सर्वाधिक ४१ रनको योगदान गरे । त्यस्तै एसिन पटेलले ४० रन बन क्लिन्टो अन्टो ३४ र मिट बासेरले २९ रन बनाउँदा बाँकीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ जापानका लागि डेकलन सुजुकीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै साबारिस रवीचन्द्रनले दुई विकेट लिँदा अब्दुल सामदले एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप