आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
क्रिकेट

विश्वकप छनोट:  सामोआले पीएनजीलाई हरायो

शुक्रबार, २४ असोज २०८२, ०० : १७
शुक्रबार, २४ असोज २०८२

सारांश

  • आईसीसी टी-ट्वान्टी विश्वकप एसिया छनोटमा सामोआले पपुवा न्यू गिनीलाई ६ विकेटले पराजित गर्यो।
  • पपुवा न्यू गिनीले दिएको ११८ रनको लक्ष्य सामोआले १८ ओभर ३ बलमा पूरा गर्यो।
  • सामोआका सेन सोलियाले ६२ रनको अर्धशतकीय इनिङ खेले भने पपुवा न्यू गिनीका कप्तान असाड भालाले सर्वाधिक ३८ रन बनाए।

काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सामोआले पपुवा न्यू गिनी (पीएनजी) माथि जित हासिल गरेको छ ।

बिहीबार भएको खेलमा सामोआले पीएनजीमाथि ६ विकेटको जित निकालेको हो । अल इमिरेट्स क्रिकेट मैदानमा पीएनजीले दिएको ११८ रनको लक्ष्य पछ्याएको सामोआले १८ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

सामोआका लागि सेन सोलियाले ६२ रनको अर्धशतकीय पारी खेले । ४५ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै बेन्जामिन माइलेटाले १९ रन बनाउँदा डिसरुस भिसेरले १४ रन जोडे ।

पीएनजीका लागि डेमिइन राभु, आलिय नाउ, जोन कारिको र आसाड भालाले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ११७ रन बनाएको थियो ।

पीएनजीका लागि कप्तान असाड भालाले सर्वाधिक ३८ रनको योगदान गरे । त्यस्तै गुउडी टोकाले २९ रन बनाउँदा सेसे बाउले १३ रन जोडे ।

सामोआका लागि सोलोमोन नाशले सार्वधिक चार विकेट लिए । त्यस्तै भिसेरले दुई विकेट लिँदा कप्तान कालेब जस्मतको नाममा एक विकेट रह्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप