आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

कैलाली उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पुष्करराज ओझा विजयी*

आइतबार, २६ असोज २०८२, १४ : ३४
आइतबार, २६ असोज २०८२

कैलाली । कैलाली उद्योग वाणिज्य सङ्घको शनिबार सम्पन्न निर्वाचनमा पुष्करराज ओझा अध्यक्ष पदमा विजयी भएका छन् ।

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई पराजित गर्दै ९५० मत प्राप्त गरेका हुन् । निर्वाचन समितिका अनुसार सङ्घको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा अन्य पदाधिकारीहरू पनि निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा केशराज जोशीले ९५७ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यसैगरी उद्योग उपाध्यक्षमा लक्ष्मण राज पन्त ९७६ मतका साथ निर्वाचित भएका छन् भने एसोसिएट उपाध्यक्ष पदमा मनोज अग्रवालले ६०२ मत ल्याएर जित हासिल गरेका छन् ।

वाणिज्य उपाध्यक्षमा गगन राज केसीले १००१ मत प्राप्त गरी विजयी भएका छन् । वस्तुगत उपाध्यक्षमा भीमराज ओझाले ९०८ मत ल्याएर निर्वाचित भएका छन् ।

सङ्घको अन्य प्रमुख पदहरूमा महासचिवमा दिनेश लम्साल ९१२ मतका साथ विजयी भएका छन् । कोषाध्यक्षमा तिलक बहादुर बोहराले ११०९ मत प्राप्त गरेका छन् भने सचिवमा प्रकाश कुमार चन्द ९२६ मतका साथ निर्वाचित भएका छन् ।

यसअघिकाे समाचारमा अन्यथा भएकाले सच्याइएकाे छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप