विश्वकप छनाेट
यूएईलाई नेपालको मध्यम लक्ष्य, आसिफ बाहेक चलेनन् ब्याटर
आइतबार, २६ असोज २०८२, १७ : ५९
सारांश
- नेपालले यूएईलाई १४१ रनको लक्ष्य प्रस्तुत गर्यो, जुन आईसीसी टी-ट्वान्टी विश्वकप छनोटको पहिलो खेल थियो।
- आसिफ शेखले ५१ रनको अर्धशतकीय पारी खेले भने कुशल भुर्तेलले २८ रन बनाए।
- यूएईका बलरहरूले ६ विकेट लिए, र नेपाल सुपर सिक्समा जितको लागि प्रयास गर्नेछ।
काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले यूएईलाई १४१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
अल इमिरेट्स क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनायो ।
नेपालका लागि आसिफ शेखले ५१ रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै कुशल भुर्तेलले २८ रन बनाउँदा रोहित कुमार पौडेलले २० रनको योगदान गरे । नेपालका गुलशन झाले १४ रन बनाउँदा रोहित कुमार पौडेलले १० रन बनाए ।
यूएईका लागि बलिङतर्फ जुनाइद सिद्धकी, मोहम्मद रोहिद, हाइदर अली, हर्सित कौसिक, जहिद अली र ध्रुब प्रशारले एक–एक विकेट लिए ।
नेपाल आजको खेलमा जित निकाल्दै प्रतियोगिताको सुपर सिक्समा चार अङ्क जोड्ने योजनामा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण