बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
पक्राउ

वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ

आइतबार, २६ असोज २०८२, २१ : ०३
आइतबार, २६ असोज २०८२

काठमाडौँ । वीर अस्पतालका लेखा अधिकृतलाई अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले घुससहित पक्राउ गरेको छ ।

लेखा अधिकृत ढुण्डीराज दाहाललाई घुससहित पक्राउ गरिएको आयोगका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

५० वर्षीय दाहालले लिएको १ लाख २० हजार ८५० रुपैयाँ घुस रकम आयोगको टोलीले बरामद गरेको छ । 

विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूलाई बिल रकम भुक्तानी गर्दा उनले घुस लिएको अख्तियारको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

आइतबार अख्तियारको मुख्यालय टंगालबाट खटिएको टोलीले उनलाई अस्पतालबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप