यूएईलाई हराउँदै ओमान शीर्ष स्थानमा
काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया तथा इएपी छनोट अन्तर्गत सुपर सिक्सको खेलमा ओमानले यूएईलाई ५ विकेटले हराएको छ । जितसँगै ओमान अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
सोमबार भएको खेलमा यूएईले प्रस्तुत गरेको १ सय १३ रनको लक्ष्य ओमानले २ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पछ्यायो । टोलीका लागि नदिम खानले नटआउट रहेर ३० रन बनाउँदै टोलीलाई विजयी लक्ष्यसम्म पुर्याए ।
यसअघि ओपनर जतिन्दर सिंहले २३ बलमा ३३ रनको योगदान दिए । आमिर कालिम, मोहम्मद नदिम र हमाद मिर्जाले १४–१४ रन जोडे ।यसअघि, पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १२ रन बनाएको थियो ।
टोलीका लागि कप्तान मोहम्मद विसिमले सर्वाधिक २२ रन जोडे । हर्षिक कोशिकले १९ रन, जाहिद अलिले १८ रन तथा मुहमद अर्फान र ध्रव परासरले १७–१७ को योगदान दिए ।
३ खेलपछि ओमानको ६ अङ्क रहेको छ । यूएई भने २ अङ्कमा सीमित रहेको छ । दोस्रो स्थानमा रहेको नेपालको ४ अङ्क छ । नेपालले आजै कतारको सामना गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण