कतारविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया तथा इएपी छनोट २०२५ अन्तर्गत सुपर सिक्सको महत्त्वपूर्ण खेलमा नेपालले आज कतारको सामना गर्दैछ ।
ओमानको अल अमेरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा हुने यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुनेछ । खेलमा कतारले पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
नेपाल र कतार यसअघि तीन पटक आमने सामने भएका छन् । यसमध्ये २ खेल नेपालले र एक खेल कतारले जितेको छ । पछिल्लोपटक नेपालले कतारलाई सन् २०२५ को अप्रिलमा ८ विकेटले हराएको थियो ।
त्यसअघि सन् २०२४ को अप्रिलमा नेपाल ३२ रनले विजयी भएको थियो । कतारले सन् २०१९ को जुलाईमा नेपाललाई ४ विकेटले पराजित गरेको थियो ।
सुपर सिक्समा शीर्ष तीन टिमले आगामी वर्ष भारत र श्रीलङ्कामा हुने २० टिमको टी–२० विश्वकपमा स्थान बनाउनेछन् । समूह चरणमा जापान र कुवेतलाई हराएको नेपाल यो छनोट प्रतियोगितामा अहिलेसम्म अविजित रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण