आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

ओमानसामु नेपालको मध्यम लक्ष्य, कुशलको अर्धशतक

बुधबार, २९ असोज २०८२, २२ : १७
बुधबार, २९ असोज २०८२

काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप २०२६ मा स्थान बनाइसकेको नेपालले बुधबार राति भएको खेलमा ओमानलाई १५२ रनको विजयी लक्ष्य दिएको छ । 

टस जितेर ब्याटिङ रोजेको नेपालले ओपनर कुशल भुर्तेलको उत्कृष्ट अर्धशतकीय पारीको मद्दतमा ९ विकेट गुमाएर १५१ रन बनायो । भुर्तेलले आज ५१ बलमा ६९ रन बनाए भने त्यस्तै अर्का ओपनर आशिफ शेख भने आज २४ रनमै आउट भए । 

आदिल अन्सारीले १५ बलमा १६ रन तथा गुल्झन झाले १० बलमा १८ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

अल इमिरेट्स क्रिकेट मैदानमा ओमानका लागि नदीम खानले सर्वाधिक चार विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २० रन खर्चे । त्यस्तै सुफ्यान मोहमोद र जितेन्द्र कुमार रमानन्दीले दुई दुई विकेट लिए । 

आजको खेलमा जित निकाल्दै दुवै टोली छनोट खेलको उपाधि जित्न चाहन्छन् । दुवै टोली विश्वकपमा छनोट भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप