बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै, रेकर्डले मान्यता पाउने

बिहीबार, ३० असोज २०८२, १६ : ३४
बिहीबार, ३० असोज २०८२

नेपालगञ्ज । नेपालगञ्ज स्विमिङ क्लब बाँकेले राष्ट्रिय पौडी प्रतियोगिता गर्ने भएको छ । 

क्लबले आगामी कार्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पिनसिप २०२५ आयोजना गर्न लागेको हो । 

नेपालगञ्ज रंगशाला परिसरको पौडी पोखरीमा आयोजना हुने प्रतियोगिताबारे क्लबले बुधबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो । अध्यक्ष केशवराज न्यौपानेले देशभरिका २०० बढी खेलाडीको सहभागिता रहने पनि बताए । 

विद्यालयलक्षित प्रतियोगितामा ८, १०, १२, १४ र १७ वर्ष उमेर समूहका अतिरिक्त खुला उमेर समूहबिच प्रतिस्पर्धा हुने अध्यक्ष न्यौपानेले बताए । कुनै संघसंस्था वा क्लबले पनि संस्थागत रुपमा प्रतियोगितामा सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ । 

८ वर्षभन्दा कम उमेर समूहकालाई २५ मिटर, १० वर्षभन्दा कमलाई ५० मिटर, १२ र १४ वर्षभन्दा कम उमेर समूहका खेलाडीलाई ५० र १०० मिटर र खुला उमेर समूहलाई २०० र ४०० मिटर दूरीका विभिन्न ५६ वटा इभेन्टमा प्रतियोगिता हुनेछ । 

नेपाल पौडी संघको केन्द्रीय वार्षिक क्यालेन्डरअनुसार आयोजना गरिएकाले प्रतियोगिताको राष्ट्रिय रेकर्डको पनि मान्यता मिल्ने र उत्कृष्ट पुरुष र महिलालाई पुरस्कृत गरिने पौडी प्रशिक्षक चन्दुराम चौधरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप