शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

महत्त्वपूर्ण ६२ स्थानमा नेपाली सेनाको सुरक्षा तैनाथी

शुक्रबार, ३१ असोज २०८२, १५ : ३५
शुक्रबार, ३१ असोज २०८२

सारांश

  • नेपाली सेनाले देशभरका ६२ महत्त्वपूर्ण संरचना र कारागारमा सुरक्षा तैनाथ गरेको छ।
  • सुरक्षाका लागि सेनाले ५० कारागार, ३ एयरपोर्ट, र अन्य महत्त्वपूर्ण स्थानहरूमा फौज तैनाथ गरेको छ।
  • काठमाडौं उपत्यका र बाहिर गरी जम्मा ६२ स्थानमा १ हजार ६२८ सेना परिचालन गरिएको छ।

काठमाडौँ । नेपाली सेनाले मुलुकका ६२ महत्त्वपूर्ण संरचना तथा कारागारमा सुरक्षा तैनाथ गरेको जनाएको छ ।

५० स्थानका कारागार, ३ वटा एयरपोर्ट, एक आयल निगम, ३ वटा अदालत, एक जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, दूतावास क्षेत्र र कन्सुलेटगरी ६२ स्थानमा  सुरक्षा फौज तैनाथ रहेको सेनाले जनाएको छ ।

काठमाडौँ उपत्यका भित्र पाँच स्थान, उपत्यका बाहिर ५७ गरी जम्मा ६२ स्थानमा १ हजार ६२८ सेनाको सुरक्षा फौज तैनाथ गरिएको पनि सेनाले शुक्रबार पत्रकार सम्मेलन गरेर जनाएको छ । 

Sena press Meet_Nepal Photo Library (10) (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप