फागुन २१ को निर्वाचन झुटको खेती मात्र : ओली
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्वाचनको मिति घोषणाबारे झुट बोलिरहेको आरोप लगाए।
- ओलीले सरकार निर्वाचन गराउन इच्छुक नभएको र जनतालाई ढाँट्ने काम गरिरहेको आरोप लगाए।
- उनले सरकारले राजनीतिक दलहरूसँग संवाद नगरी निषेध र दमन गरेर चुनाव गराउन खोजेको बताए।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने भनेर झुटको खेती गरिरहेको आरोप लगाएका छन्।
पार्टी मुख्यालय च्यासलमा शनिबार आयोजित सम्पर्क समन्वय कमिटीको कार्यक्रममा बोल्दै ओलीले सरकारले राजनीतिक दलहरूलाई निषेध गरेर चुनाव गराउने भन्दै आम जनतालाई ढाँट्ने काम गरेको बताएका हुन् ।
उनले निर्वाचन गराउने सोच सरकारसँग नभएकाले नै आफ्नो पार्टीले प्रतिनिधिसभा पुनर्स्थापनाको माग अघि बढाउनु परेको तर्क गरे। जेनजी आन्दोलनमा लुटिएका हतियारसमेत फिर्ता गराउन नसक्ने सरकारले निर्वाचनको नाटकीय गतिविधि गरिरहेको उनको भनाइ छ।
ओलीले वर्तमान सरकारलाई 'जग नै नभएको असंवैधानिक' भन्दै यसले जनतालाई झुक्क्याउने काम मात्र गरेको बताए। उनले जेनजी आन्दोलनले 'जेनजी आमैलाई प्रधानमन्त्री बनाएको' भन्दै व्यङ्ग्य गरे।
अध्यक्ष ओलीले आफूलाई सरकारले काठमाडौँ उपत्यका बाहिर नजान प्रतिबन्ध लगाएकोमा आपत्ति जनाउँदै आवश्यक परेको बेला देशको कुनै पनि सहरमा घुम्न जान सक्ने चेतावनी दिए। उनले सरकारले राजनीतिक दलहरूसँग संवाद नगरी निषेध र दमन गरेर चुनाव गराउने सोच जनता ठग्ने मेलो मात्र भएको बताए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण