सचिवालय विस्तार
रास्वपा सचिवालयमा थपिए चार नयाँ सदस्य
शनिबार, ०१ कात्तिक २०८२, २२ : ३५
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सचिवालयमा चार जना नयाँ सदस्य थप गरेको छ।
- पार्टी सभापति रवि लामिछानेले सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्यमा मनोनीत गरेका हुन्।
- नयाँ नियुक्त भएका चारै नेता विघटित प्रतिनिधिसभाका सदस्य हुन् र सचिवालयमा अब १४ सदस्य पुगेका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सचिवालय विस्तार गर्दै चार जना नयाँ सदस्य थपेको छ। पार्टी विधानको धारा २६ अनुसार सभापति रवि लामिछानेले सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्यमा मनोनीत गरेका हुन्।
सभापतिको सिफारिसमा गरिएको यो निर्णय शनिबार बसेको पार्टी केन्द्रीय समितिको भर्चुअल बैठकमा प्रस्तुत गरिएको थियो। नयाँ नियुक्त भएका चारै नेता विघटित प्रतिनिधिसभाका सदस्य हुन् ।
रास्वपाको विधान अनुसार पार्टी सचिवालयमा अधिकतम २५ जना सदस्य रहन सक्ने प्रावधान छ। त्यसैको आधारमा सचिवालय विस्तार गरिएको रास्वपा स्रोतले जनाएको छ।
यसअघि रास्वपामा १० जना सचिवालय सदस्य मात्र थिए। नयाँ चार सदस्य थपिएपछि अहिले सचिवालयको संख्या १४ पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
-
लिमी चौकीमा फर्किए सुरक्षाकर्मी
-
जेनजी आन्दोलनबारे मानव अधिकार आयोग: गोली संसद् भवनभित्रबाटै चल्यो, कसले चलायो थाहा छैन
-
औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
अहिलेकाे बजेट कुनै क्षेत्रमा फोकस छैन : वर्षमान पुन
-
द भ्वाइस अफ हिन्द रजाब : युद्धभूमिमा फुलेको एउटा फूल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण