विश्व तेक्वान्दो च्याम्पियनसिपका लागि नेपाली टोलीलाई बिदाइ
काठमाडौँ । नेपाल तेक्वान्दो संघले चीनको उक्सीमा हुने विश्व तेक्वान्दो च्याम्पियनसिप (जी १४) र विश्व तेक्वान्दो ग्रान्ड स्ल्याम च्यालेन्स (जी २) प्रतियोगितामा सहभागी हुने राष्ट्रिय खेलाडी र अफिसियलहरूलाई बिदाइ गरेको छ।
तेक्वान्दो संघको सल्लाहकार परिषद्का अध्यक्ष प्रकाश शमशेर राणाले आइतबार संघमा आयोजित एक कार्यक्रममा खेलाडी तथा अफिसियलहरूलाई बिदाइ गरे।
अक्टोबर २४ देखि ३० सम्म सञ्चालन हुने विश्व च्याम्पियनसिप र नोभेम्बर २ देखि ४ सम्म हुने ग्रान्ड स्ल्याम च्यालेन्सका लागि पुरुषतर्फ सुमित विष्ट, आशिष भण्डारी, अफ्ताब आलम, सुगन श्रेष्ठ, अरुण टमाटा र अभिषेक बराल सहभागी हुँदैछन्। महिलातर्फ सन्तोषी राई र ईशा महतो रहेका छन्। टोलीमा प्रशिक्षकका रूपमा सयद हसन रेजा छन्। खेलाडी र प्रशिक्षक कार्तिक ३ गते चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
यसैगरी, अक्टोबर २३ मा चीनको उक्सीमै हुने वर्ल्ड तेक्वान्दो जेनरल एसेम्बली (साधारण सभा) मा सहभागी हुन संघका अध्यक्ष दीपराज गुरुङ, सल्लाहकार परिषद्का अध्यक्ष प्रकाश शमशेर राणा र प्रशिक्षक कविराज खड्गी कार्तिक ४ गते चीन प्रस्थान गर्ने नेपाल तेक्वान्दो संघले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमानले जङ्गली जनावरका लागि राखेको पासोमा श्रीमती परेपछि...
-
साउनदेखि खुला गरिँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र उद्धार सवारीको परीक्षण सफल
-
पूर्व डीआईजी ठकुरीको निधन
-
मन्त्री फेर्ने हल्लाबिच रास्वपाको पदाधिकारीमा क–कसको छ चर्चा ?
-
इक्वेडरलाई सजिलै हराउँदै सह-आयोजक मेक्सिको अन्तिम १६ मा
-
ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण