यस वर्षको लङ्का प्रिमियर लिग स्थगित
कोलम्बो । श्रीलङ्का क्रिकेट (एसएलसी) ले सन् २०२५ मा हुने तय भएको लङ्का प्रिमियर लिग (एलपीएल) यस वर्ष नहुने घोषणा गरेको छ।
एसएलसी ल एक प्रेस विज्ञप्ति जारी गर्दै भारत र श्रीलङ्काको संयुक्त आयोजनामा हुने आगामी टी–२० विश्वकप २०२६ को तयारीका लागि समय दिन यो निर्णय लिएको जनाएको छ।
एलपीएल २०२५ मूलतः नोभेम्बर २७ देखि डिसेम्बर २३ सम्म कोलम्बो, क्यान्डी र डम्बुला गरी तीन मैदानमा आयोजना हुने तालिका थियो। तर, एसएलसीले विश्वकपअघि सबै खेल मैदानहरूलाई पूर्ण रूपमा तयार पार्न आवश्यक भएकाले प्रतियोगितालाई अर्को समयमा सार्ने निर्णय गरेको हो।
आईसीसीको दिशानिर्देशअनुसार, २० टोली सहभागी हुने विश्वकपका सबै मैदानहरू अन्तर्राष्ट्रिय प्रतियोगिताको मापदण्ड पूरा गर्न उत्तम अवस्थामा हुनुपर्छ। त्यसैले एसएलसीले पूर्वाधारको स्तरोन्नति र सुधारका लागि समय चाहेको छ।
कोलम्बोको आर प्रेमदासा अन्तर्राष्ट्रिय स्टेडियमले जारी महिला विश्वकपका खेलहरू आयोजना गर्न अस्थायी रूपमा मर्मत कार्य रोकेको थियो, जुन अब खेलहरू सकिएलगत्तै फेरि सुरु गरिनेछ।
यस वर्षको एलपीएलमा छैटौँ टोली समावेश गर्ने विषयमा पनि छलफल भइरहेको बुझिएको छ। यसअघि जाफ्ना किङ्ग्स र कोलम्बो स्ट्राइकर्सलाई ‘सम्झौताको दायित्व पूरा गर्न नसकेको’ भन्दै एसएलसी ले खारेज गरेको थियो। यी दुई टोलीका लागि नयाँ मालिकहरू घोषणा हुन बाँकी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण