शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

‘मुन्ना भाइ ३’ बन्ने पक्का, स्क्रिप्टमा काम भइरहेको अर्शद वारसीको खुलासा

शनिबार, ०८ कात्तिक २०८२, ०७ : ३१
शनिबार, ०८ कात्तिक २०८२

सारांश

  • अर्शद वारसीले 'मुन्ना भाइ ३' बन्ने सम्भावना रहेको र राजकुमार हिरानी यसमा काम गरिरहेको बताए।
  • सञ्जय दत्तसँग काम गर्दाको अनुभवबारे बोल्दै, अर्शदले उनको अभिनय क्षमताको प्रशंसा गरे।
  • राजकुमार हिरानीले 'मुन्ना भाइ ३' को लागि अद्वितीय विचार रहेको बताएका छन्, जसले फिल्मको नयाँ भाग बनाउने संकेत गर्छ।

मुम्बई । बलिउड अभिनेता अर्शद वारसी र सञ्जय दत्तको फिल्म ‘मुन्ना भाइ एम.बी.बी.एस.’ र ‘लगे रहो मुन्ना भाइ’ मा देखिएको दोस्तीले लाखौँ दर्शकको मन जितेको थियो र दुवै फिल्म व्यावसायिक रूपमा सफल भए। त्यसबेलादेखि नै फ्यानहरू मुन्ना र सर्किटको जोडीलाई फेरि देख्न आतुर छन्।

'मुन्ना भाइ ३' अब नबन्न पनि सक्छ भनेर बताएका अर्शदले हालै 'स्क्रिन' नामक संस्थालाई दिएको अन्तर्वार्तामा फिल्मको बारेमा नयाँ अपडेट दिएका छन्।

सञ्जय दत्तसँग काम गर्नु आफ्नो लागि 'अद्भुत अनुभव' रहेको बताउँदै अर्शदले भने, ‘सञ्जुको अभिनय क्षमता गजबको छ, उनी बिलकुलै फरक प्रतिभा हुन्। उनीसँग सँगै हुँदा निकै रमाइलो हुन्थ्यो।’

सञ्जय दत्तको स्मरण शक्तिको बारेमा अर्शदले एउटा किस्सा सुनाए। ‘म त त्यस्तो व्यक्ति हुँ, जसलाई पूरै स्क्रिप्ट र ठुलो कथावस्तु याद गर्न गाह्रो हुन्छ। तर, मैले सञ्जयका लागि पूरै कथा याद गर्नुपर्थ्यो, किनकि म उनलाई सम्झाउन सक्थेँ। किनभने उनी हरेक दिन सेटमा आएर सोध्थे, 'यार, आज हामी के गर्दैछौँ?' त्यसपछि मैले उनलाई भन्थेँ कि आज हामी यो दृश्य गर्दैछौँ, हिजो त्यो गरेका थियौँ, त्यसअघिको दृश्य त्यो हो, र अब आउने दृश्य यो हो।’

arshad-warsi

'मुन्ना भाइ ३' को पछिल्लो अपडेट

अर्शदले 'मुन्ना भाइ ३' को पछिल्लो अवस्थाबारे पनि बताए। उनले भने, ‘तेस्रो भागको कुरा के हो भने, एक समय त यो बन्दै बन्दैन भन्ने थियो, तर अहिले राजु (राजकुमार हिरानी) साँच्चै यसमा काम गरिरहेका छन्। उनी गम्भीरतापूर्वक यसमा लागिपरेका छन्, र अब यो बन्ने जस्तो देखिन्छ।’

सन् २०२३ मा अर्शदले एक अन्तर्वार्तामा राज कुमार हिरानी स्क्रिप्टको बारेमा २००% निश्चित नभएसम्म फिल्म सुरु नगर्ने भएकाले ‘मुन्ना भाइ ३’ कहिल्यै नबन्न सक्ने बताएका थिए।

यता सन् २०२४ मा हिरानीले पनि एक कार्यक्रममा 'मुन्ना भाइ ३' बारे आफ्नो योजना सार्वजनिक गर्दै फिल्मका लागि आफूसँग एक अद्वितीय सोच रहेको खुलासा गरेका थिए। उनले भनेका थिए, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने अर्को भाग पहिलेका फिल्मभन्दा राम्रो हुनुपर्छ। तर, अब मसँग एक अद्वितीय विचार छ। म त्यो विचारमा काम गरिरहेको छु।’

राजकुमार हिरानीले निर्देशन र विधु विनोद चोपडाले निर्माण गरेको यो फ्रन्चाइजीमा सञ्जय दत्त मुन्ना भाइ (मुरली प्रसाद शर्मा) र अर्शद वारसी उनको वफादार साथी सर्किटको भूमिकामा छन्। यी दुवै फिल्मले विश्वभरबाट संयुक्त रूपमा १५९.८ करोड भारु कमाएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप