शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

बिहार विधानसभा चुनावअघि जेडीयूद्वारा ११ नेता निष्कासित

आइतबार, ०९ कात्तिक २०८२, १० : ३५
आइतबार, ०९ कात्तिक २०८२

सारांश

  • जनता दल युनाइटेड (जेडीयू) ले विधानसभा चुनाव २०२५ अघि ११ नेतालाई पार्टीबाट निष्कासन गरेको छ।
  • पार्टीले शनिबार राति सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै निष्कासनको जानकारी दिएको हो।
  • निष्कासित हुने नेताहरूमा शैलेश कुमार, सञ्जय प्रसाद लगायतका व्यक्तिहरू छन्, जसले पार्टी विरोधी गतिविधि गरेका थिए।

बिहार । बिहार विधानसभा चुनावअघि जनता दल युनाइटेड (जेडीयू)ले ११ नेतालाई पार्टीबाट निकालेको छ । पार्टीले शनिबार राति सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै पार्टीले यसबारे जानकारी दिएको हो ।

पार्टीका अनुसार ती नेताहरूले विधानसभा चुनाव २०२५ मा पार्टी विरोधी काम गरिरहेका थिए । जेडीयूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’बिहार विधानसभा चुनाव २०२५ मा पार्टी विरोधी आचरण र गतिविधिमा संलग्नताका कारण निम्न सदस्यहरूलाई निलम्बन गर्दै पार्टीको साधारण सदस्यताबाट निष्कासन गरिएको छ।’

विज्ञप्तिअनुसार यो आदेश तत्काल लागू हुनेछ । निष्कासित हुने नेताहरूमा शैलेश कुमार, सञ्जय प्रसाद, श्याम बहादुर सिंह, रणविजय सिंह, सुदर्शन कुमार, अमर कुमार सिंह, आसमा परवीन, लब कुमार, आशा सुमन, दिव्यांशु भारद्वाज र विवेक शुक्ला रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप