बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी समन्वय संघर्ष समितिको माग : राजनीतिक दलसहितको सर्वपक्षीय अन्तरिम सरकार गठन गरियोस्

मङ्गलबार, ११ कात्तिक २०८२, १५ : ४२
मङ्गलबार, ११ कात्तिक २०८२

सारांश

  • जेनजी आन्दोलनको समन्वय संघर्ष समितिले सर्वपक्षीय अन्तरिम सरकार गठनको माग गरेको छ।
  • समितिले राजनीतिक दल, नागरिक समाज र जेनजी आन्दोलनका प्रतिनिधिसहितको सरकार बनाउनुपर्ने बताएको छ।
  • अन्तरिम सरकारले संविधान संशोधन, निर्वाचन प्रणाली सुधार र राष्ट्रिय नीतिको पुनरावलोकन गर्नेछ।

काठमाडौँ। जेनजीद्वारा आह्वान गरिएको जनआन्दोलन २०८२ को समन्वय संघर्ष समितिले सर्वपक्षीय अन्तरिम सरकार गठन हुनुपर्ने माग अघि सारेको छ। मुलुकलाई निकास दिन राजनीतिक दल, नागरिक समाज र जेनजी आन्दोलनका प्रतिनिधिसहितको अन्तरिम सरकार गठन हुनुपर्ने माग गर्दै समितिले मङ्गलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेको हो।

समितिका प्रतिनिधि लेनिन विष्टले राष्ट्रिय सङ्कट समाधानका लागि यस्तो सर्वपक्षीय सरकार गठन गर्नुपरेको बताए।

समितिको प्रस्ताव:

  • सर्वपक्षीय अन्तरिम सरकार गठन: सबै राजनीतिक दल, नागरिक समाज र जेन-जी आन्दोलनका प्रतिनिधिहरू सम्मिलित उच्चस्तरीय समन्वय समिति गठन गर्ने। उक्त समितिले सर्वसम्मतिको आधारमा अन्तरिम सरकार गठनको प्रस्ताव राष्ट्रपतिसमक्ष पेस गर्ने।
  • कार्यकालको सीमा: अन्तरिम सरकारको कार्यावधि संविधान संशोधन र सुधारका कार्य सम्पन्न गर्नका लागि अधिकतम १८ महिना रहने।
  • प्रमुख जिम्मेवारीहरू: यस अवधिमा संविधान संशोधन, निर्वाचन प्रणालीको आमूल सुधार र राष्ट्रिय नीतिको गहन पुनरावलोकन सम्पन्न गर्ने।
  • अन्तिम लक्ष्य: अन्तरिम सरकारको कार्यकाल समाप्तिपछि स्वतन्त्र, निष्पक्ष र पारदर्शी निर्वाचनमार्फत स्थायी सरकारको स्थापना गर्ने।

संयोजक विष्टले यो सरकार गठनका लागि सहयोग गर्न नेपाली काँग्रेस, नेकपा एमालेलगायतका पुराना राजनीतिक दलहरूलाई पनि आग्रह गरेका छन्। उनले नयाँ सरकार गठनका लागि विभिन्न राजनीतिक दलहरूसँगको छलफललाई अघि बढाइसकेको जानकारी दिए।

–न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप