धनगढीमा यु–१९ महिला एक दिवसीय क्रिकेट प्रतियोगिता हुँदै
सारांश
- कैलालीको धनगढीमा यु-१९ महिला एक दिवसीय क्रिकेट सिरिज-२०८२ को तयारी सुरु भएको छ।
- प्रतियोगितामा सुदूरपश्चिमका नौ जिल्लाका खेलाडी सम्मिलित चार टोलीले प्रतिस्पर्धा गर्नेछन्।
- खेल कात्तिक २० गतेदेखि चन्द्रसूर्य क्रिकेट मैदानमा सुरु हुनेछ, विजेताले ट्रफी र पुरस्कार पाउनेछन्।
बैतडी । कैलालीको धनगढीमा प्रथम यु–१९ महिला एक दिवसीय क्रिकेट सिरिज–२०८२ को तयारी थालिएको छ । चटकपुर स्पोट्स क्लबको आयोजनामा प्रतियोगिता यही कात्तिक २० गतेदेखि सुरु हुनेछ ।
सुदूरपश्चिमका नौ वटै जिल्लाका खेलाडीको प्रतिनिधित्व हुने गरी चार टोली बनाइएको आयोजक चटकपुर स्पोट्स क्लबका सचिव लोकराज जोशीले जानकारी दिए । सहभागी हुने टोलीमा माया मेट्रो हस्पिटल रोयल्स, पद्मा पब्लिक मावि किङ्स, रोयल च्यालेन्जर्स एफवाइसी डडेलधुरा र किङ्स ११ इडुपल नेपाल रहेका छन् ।
चन्द्रसूर्य क्रिकेट मैदानमा हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । कात्तिक २० गते हुने उद्घाटन खेलमा माया मेट्रो र पद्मा पब्लिक भिड्नेछन् । कात्तिक २१ गते एफवाइसी डडेलधुरा र इडुपल नेपाल, कात्तिक २२ गते माया मेट्रो र एफवाइसी डडेलधुरा, कात्तिक २३ गते पद्मा पब्लिक र इडुपल नेपाल, कात्तिक २४ गते माया मेट्रो र इडुपल नेपाल तथा कात्तिक २५ गते पद्मा पब्लिक र एफवाइसी डडेलधुरा खेल्नेछन् ।
शीर्ष दुई टोली कात्तिक २६ गते उपाधिका लागि भिड्नेछन् । विजेता र उपविजेता टोलीलाई आकर्षक ट्रफी तथा प्रमाणपत्र दिइनेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले रु १० हजार ट्रफी तथा प्रमाणपत्र, उत्कृष्ट बलरले रु पाँच हजार ट्रफी तथा प्रमाणपत्र, उत्कृष्ट ब्याटरले रु पाँच हजार ट्रफी तथा प्रमाणपत्र, प्रत्येक खेलका प्लेयर अफ दी म्याचलाई रु दुई हजार र ट्रफी दिइनेछ । प्रतियोगिताले महिला क्रिकेटको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण