वनहरा नदीमाथिको पुल निर्माण कार्य ९० प्रतिशत सम्पन्न
शनिबार, १५ कात्तिक २०८२, ०० : १८
सारांश
- शुक्लाफाँटा नगरपालिकामा वनहरा नदीमा पक्की पुल निर्माण भइरहेको छ।
- दुवाहा-दमलपट्टी-चित्रपुर जोड्ने पुल २५ करोड ९६ लाखको लागतमा बन्दैछ, ९० प्रतिशत काम सकियो।
- इन्जिनियरका अनुसार मंसिरभित्रै पुल निर्माणको काम सम्पन्न गर्ने लक्ष्य छ।
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा धमाधम पक्की पुल निर्माण भइरहेको छ ।
दुवाहा–दमलपट्टी–चित्रपुर जोड्ने पुल रु २५ करोड ९६ लाख ३८ हजार ३४० को लागतमा निर्माणाधीन छ । हालसम्म ९० प्रतिशत निर्माण पूरा भएको महाकाली पुल आयोजनाका इन्जिनियर सन्तोष चन्दले बताए ।
पुल निर्माणसँगै नदी नियन्त्रणका सिलसिलामा पुल वरपर तटबन्धको काम पनि जारी छ । “नदी नियन्त्रणको आधा काम सकिएको छ र बाँकी आधा काम पनि तीव्र गतिमा भइरहेको छ”, इन्जिनियर चन्दले भने । आगामी मङ्सिरभित्र काम पूरा गर्ने लक्ष्य उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ एजेन्डासहित कांग्रेस इतर समूहका युवाद्वारा बृहत् भेला आह्वान
-
‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’
-
जेठमा ६ फिल्म, असारमा भने खडेरी !
-
बजेट र मबारे सङ्गठित रूपमा अफवाह फैलाइयो, बदनाम गर्न खोजियो: अर्थमन्त्री वाग्ले
-
स्थानीयको प्रत्यक्ष सहभागितामा सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
५ जनाले मत हालेपछि रोकिएको थियो रास्वपा बागमतीको चुनाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण