कञ्चनपुरमा बस दुर्घटना, एक जनाको मृत्यु
शनिबार, १५ कात्तिक २०८२, १३ : ०२
सारांश
- काठमाडौँबाट महेन्द्रनगर आउँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो।
- दुर्घटनामा घाइते भएका व्यक्तिको उपचारका क्रममा मृत्यु भएको हो, र चालकलाई नियन्त्रणमा लिइएको छ।
कञ्चनपुर । काठमाडौँबाट महेन्द्रनगरतर्फ आइरहेको यात्रुवाहक बस आज बिहान यहाँ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ना७ख ६१८२ नम्बरको बस कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना हुँदा कृष्णपुर नगरपालिका–१ बण्ड का ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका बोहराको उपचारका क्रममा वाणी अस्पतालमा मृत्यु भएको हो । बसमा पाँच जना मात्र सवार थिए । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ एजेन्डासहित कांग्रेस इतर समूहका युवाद्वारा बृहत् भेला आह्वान
-
‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’
-
जेठमा ६ फिल्म, असारमा भने खडेरी !
-
बजेट र मबारे सङ्गठित रूपमा अफवाह फैलाइयो, बदनाम गर्न खोजियो: अर्थमन्त्री वाग्ले
-
स्थानीयको प्रत्यक्ष सहभागितामा सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
५ जनाले मत हालेपछि रोकिएको थियो रास्वपा बागमतीको चुनाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण