जिम्मी निसमको नेपाली समर्थकलाई सन्देश
शनिबार, १५ कात्तिक २०८२, १७ : ३७
सारांश
- न्युजिल्यान्डका क्रिकेटर जिमी निसमले प्राविधिक कारणले यस वर्षको एनपीएल खेल्न नसक्ने बताए।
- उनले सामाजिक सञ्जाल मार्फत नेपाली समर्थकलाई सन्देश पठाएका हुन्।
- निसमले गत वर्ष जनकपुर बोल्ट्सबाट एनपीएल खेलेका थिए।
काठमाडौँ । न्युजिल्यान्डका चर्चित अलराउन्डर क्रिकेट खेलाडी जिम्मी निसमले यस वर्षको नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुन नसक्ने घोषणा गरेका छन् । प्राविधिक कारणले गर्दा प्रतियोगितामा फर्किन नसक्ने उनले नेपाली समर्थकहरूका लागि समाजिक सञ्जाल मार्फत सन्देश पठाएका हुन् ।
सामाजिक सञ्जालमा नेपाली प्रशंसकहरूबाट प्राप्त धेरै सन्देशहरूको जवाफ दिँदै निसमले गत वर्षको प्रतियोगिता विजता टोली जनकपुर बोल्ट्सबाट खेलेका थिए ।
‘म सामान्यतया यस्तो सन्देश दिँदिनँ तर प्रशंसकहरूबाट मैले पाएको यति धेरै सन्देशहरूको कारण यो सन्देश दिएको हो,’ निसमले भने । ‘दुर्भाग्यवश म फर्किन पाउने छैन । विदेशी खेलाडीसम्बन्धी केही प्राविधिक कारणले गर्दा म फर्कन सक्दिनँ,’ निसमले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण