फिल्म ‘कंगाल करोडपति’ निर्माण घोषणा
बिहीबार, २० कात्तिक २०८२, १५ : १४
काठमाडौँ । सिनेमा पाठशालाको ब्यानरमा फिल्म ‘कंगाल करोडपति’ निर्माण हुने भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच फिल्म निर्माण घोषणा गरिएको हो ।
राजु श्रेष्ठको निर्माण तथा निर्देशनमा फिल्म बन्नेछ ।
लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय श्रेष्ठले यो फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । कैफ खान निर्माता रहेको फिल्मको कथा, पटकथा र संवाद सुमन गजमेरले लेखेका हुन् । फिल्ममा उमर खान र पदम लोहोरको मुख्य भूमिका रहनेछ ।
कार्यकारी निर्माता मनोज केसी रहेको फिल्मको अन्य कलाकार छनोट हुन बाँकी छ ।
निर्माण टिमका अनुसार फिल्म फागुन महिनाबाट छायांकनमा जाने तयारी छ । एउटा सामान्य मान्छे करोडपति र करोडपति कंगाल बन्दाको अवस्था फिल्मले देखाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमतीको हत्या गरी फरार श्रीमान् पक्राउ
-
यस्ता छन् भक्तपुरका स्थानीय तहहरूको बजेट
-
रोशीले ल्यायो ७२ करोड ९९ लाख ४२ हजारको बजेट
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
-
जनकपुरधाम उपमहानगरसहित ३ स्थानीय तहले समयमै ल्याउन सकेनन् बजेट
-
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण