आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

कर्णाली याक्सको एनपीएल ट्रफी यात्रा सम्पन्न, तस्बिरहरू

शुक्रबार, २१ कात्तिक २०८२, १५ : ०३
शुक्रबार, २१ कात्तिक २०८२

काठमाडौँ । कर्णाली याक्स स्पोट्र्स प्रा.लीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली प्रदेशमा विभिन्न शहर, धार्मिक स्थल तथा पर्यटकीय क्षेत्रमा ट्रफी यात्रा सम्पन्न गरेको छ ।

कर्णाली याक्सले कर्णाली प्रदेश क्रिकेट एसोसियनसँगको समन्वयमा पहिलो दिन (मंगलबार) सल्यानको कुपिण्डे ताल र खलङ्गा बजारमा ट्रफी यात्रा गरेको हो । 

दोस्रो दिन (बुधबार) सुर्खेतको काँक्रेविहारसँगै वीरेन्द्रनगर परिक्रमा गराइएको थियो । सो क्रममा हजारौँ विद्यार्थी तथा स्थानीयले ट्रफी नजिकैबाट नियालेका थिए ।

बिहीबार प्रसिद्ध धार्मिकस्थल देउतीबज्यै मन्दिरमा पुर्‍याएर ट्रफीलाई सुदूरपश्चिम पठाइएको थियो । कार्यक्रममा स्थानीय निकायका प्रतिनिधिहरूको पनि उत्साहजनक रूपमा सहभागिता रहेको थियो ।

यसअघि बुधबार काँक्रेविहारबाट कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले ट्रफी अनावरण गरेका थिए ।

ट्रफी यात्राका कर्णाली याक्सका प्रतिनिधिसँगै कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेत, एनालिष्ट रवि थापा तथा खेलाडीहरु विपिनप्रसाद शर्मा, युनिससिंह ठकुरी, पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रे सहभागी भएका थिए ।

२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।

हरेक खेल जित्दा क्रिकेट सङ्घलाई १ लाख

कर्णाली याक्सले जित्ने हरेक खेलबाट कर्णाली प्रदेश क्रिकेट सङ्घले एक लाख रुपैयाँ पाउने भएको छ । कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेतले कर्णाली याक्सले जित्ने हरेक खेलबापत एसियस पेन्टस्ले एक लाख रुपैयाँ कर्णालीको क्रिकेटको विकासका लागि उपलब्ध गराउने घोषणा सुर्खेतमा गरेका थिए ।

11-Karnali Yaks Trophy Tour_NPL (11)12-Karnali Yaks Trophy Tour_NPL (12)13-Karnali Yaks Trophy Tour_NPL (13)14-Karnali Yaks Trophy Tour_NPL (14)15-Karnali Yaks Trophy Tour_NPL (15)16-Karnali Yaks Trophy Tour_NPL (16)17-Karnali Yaks Trophy Tour_NPL (17)18-Karnali Yaks Trophy Tour_NPL (18)

01-Karnali Yaks Trophy Tour_NPL (1)02-Karnali Yaks Trophy Tour_NPL (2)03-Karnali Yaks Trophy Tour_NPL (3)04-Karnali Yaks Trophy Tour_NPL (4)05-Karnali Yaks Trophy Tour_NPL (5)06-Karnali Yaks Trophy Tour_NPL (6)07-Karnali Yaks Trophy Tour_NPL (7)08-Karnali Yaks Trophy Tour_NPL (8)09-Karnali Yaks Trophy Tour_NPL (9)10-Karnali Yaks Trophy Tour_NPL (10)

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप