बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

सोमबार, २४ कात्तिक २०८२, १३ : ०२
सोमबार, २४ कात्तिक २०८२

सारांश

  • द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भयो, जसमा ६३९ विद्यार्थी दीक्षित भए।
  • कार्यक्रममा लिड्स बेकेट युनिभर्सिटी, द युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्याण्ड र किल युनिभर्सिटीका विद्यार्थीलाई सम्मान गरियो।
  • कार्यक्रममा बेलायतका डेप्युटी राजदूत र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो, जसले शैक्षिक सफलताको प्रशंसा गरे।

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजको ग्राजुयसन सम्पन्न भएको हो ।

कलेजको पार्टनर विश्वविद्यालय लिड्स बेकेट युनिभर्सिटी (एलबीयू), द युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्याण्ड (यूडब्लुई) र किल युनिभर्सिटीका ग्राजुयटहरुलाई कलेजले सम्मान गरेको हो । कलेजले स्नातक तथा स्नातकोत्तर कार्यक्रम र ब्रिटिस मोडेल कलेजका १२५ विद्यार्थीहरु गरि ६३९ विद्यार्थीहरुलाई सम्मानित गर्दै ग्राजुयटहरुको संख्यामा रेकर्ड कायम गरेको छ ।

ग्राजुयसन कार्यक्रम दुई शत्रमा सम्पन्न भएको थियो । बिहानको शत्रमा स्कुल अफ विजनेशबाट बीबीए, एमबीए, एचबीएम र ईएमबीएका विद्यार्थीहरु दिक्षित भएका थिए भने दिउँसोको शत्रमा स्कुल अफ आइटीबाट बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) साइबार सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक्स, एमएससी आईटी र एडभान्स कम्प्युटर साइन्सका विद्यार्थीहरु दिक्षित भए । त्यस्तै, क्याम्ब्रिज ए–लेभलका विद्यार्थीहरुलाई पनि दिक्षित गरिएको छ ।

ब्रिटिस एजुकेशन ग्रुपका सीईओ राजन कँडेलले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको औपचारिक सुरुवात गरेका थिए । त्यसपछि उपस्थित पाहुना, अभिभावक तथा विद्यार्थीहरुमाझ स्वागत मन्तब्य राख्दै सीईओ कँडेलले शैक्षिक सफलता प्राप्त गर्ने सबैलाई बधाई दिएको कलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

 ‘यो समारोह केवल शैक्षिक सफलताको मात्रै होइन दृढ संकल्प र ग्लोबल एजुकेशनको समायोजनबाट के हासिल गर्न सकिन्छ भन्ने उदाहरण पनि हो,’ सीईओ कँडेलले भने, ‘हाम्रा ग्राजुयटहरु विश्वमा आत्मविश्वासी, सक्षम र करुणामय नेतृत्वकर्ताको रुपमा अगाडि बढ्दैछ र यसले स्वदेश तथा विदेशमा सकारात्मक प्रभाव पार्नेछ ।’

ब्रिटिस कलेजका एकेडेमिक डिन डा. डिक्लान पी. ब्याननले पनि विद्यार्थीहरुलाई बधाई ज्ञापन गरेको बताइएको छ ।  समारोहमा नेपालका लागि बेलायतका डेप्युटी राजदूत डा. ल्यूक बोमोन्ट, डोल्मा फन्ड म्यानेजमेन्टका सीईओ, टिम गोचर, कलेजका सल्लाहकारहरु माइकल रुटल्याण्ड, पाउल क्लिभ्स र जोन पार्क, लिड्स बेकेट युनिभर्सिटीका वरिष्ठ प्रध्यापक डेभ चेस्ली लगायतले पनि समारोहलाई सम्बोधन गरेका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप