कुलमानको पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने, चुनाव चिह्न चिम
सारांश
- कुलमान घिसिङको पार्टीको नाम 'उज्यालो नेपाल' राख्ने सहमति भएको छ।
- पार्टीको चुनाव चिह्न बिजुलीको चिम राख्ने प्रस्ताव गरिएको छ, र अनुपकुमार उपाध्याय संयोजक रहनेछन्।
- कुलमान घिसिङ पार्टीको नेतृत्वमा तत्काल नबस्ने र बालेन्द्र शाहको समर्थन रहने बताइएको छ।
काठमाडौँ । कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने सहमति भएको छ । नेपाल जनसेवा पार्टी राख्ने विषयमा आइतबार रातिसम्म छलफल भए पनि सहमति नभएपछि ‘उज्यालो नेपाल’ नै राख्ने गरी आज बिहान सहमति भएको कुलमान निकट पार्टीका नेता जितराम लामाले जानकारी दिए ।
‘पार्टीको नाम उज्यालो नेपाल राख्ने लगभग सहमति भयो, चुनाव चिह्न बिजुलीको चिम प्रस्ताव गर्छौं,’ उनले भने । उनका अनुसार तत्कालका लागि पूर्व ऊर्जासचिव अनुपकुमार उपाध्यायको संयोजकत्व पार्टी दर्ता गर्ने तयारी भइरहेको बताए । उनले अहिले पनि पार्टीको भावी कार्ययोजना लगायतका विषयमा छलफल भइरहेको बताए ।
उनले उपाध्यायको संयोजकत्वमा अन्य सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने जानकारी दिए । उनले पार्टीको चुनाव चिह्न बिजुलीको चिम राख्ने विषयमा सहमति भएको उल्लेख गरे । उनका अनुसार अहिले उपाध्यायको संयोजकत्वमा ५१ जनाको केन्द्रीय कमिटी बन्नेछ ।
कुलमान घिसिङ अहिले पार्टीको नेतृत्वमा नबस्ने योजना बनाएका छन् । घिसिङ सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री छन् । कुलमान भने तत्काल उज्यालो नेपाल पार्टीमा सक्रिय हुने छैनन् । उक्त पार्टीमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को पनि समर्थन रहने दाबी गरिएको छ।
त्यस्तै पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठ भने जोडिने कि नजोडिने भन्ने निश्चित नभएको कुलमान निकट स्रोतले जानकारी दिए । उनले भने- ‘आइतबार बेलुकाको वार्तापछि यसबारे भने निर्णय हुन सकेन । सुमनाजी आउने सम्भावना छ तर यकिन भएको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण