प्रवासबाटै मतदाता नामावली दर्ता गराउन रास्वपाको माग
मङ्गलबार, २५ कात्तिक २०८२, १८ : ०६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले मतदाता नामावलीमा नाम दर्ता गराउने समयावधि थप गर्न सरकारलाई अनुरोध गरेको छ ।
मंगलबार महामन्त्री कवीन्द्र बुर्लाकोटी तथा केन्द्रीय सदस्य एवं निवर्तमान सांसदहरू गणेश पराजुली, अशोक चौधरी र शिव नेपालीले निर्वाचन आयोग पुगेर पत्र दर्ता गराएका हुन् ।
पत्रमा विदेशमा रहेका योग्यता पुगेका नेपाली नवयुवाहरूका लागि राष्ट्रिय परिचय पत्रका आधारमा वा सम्बन्धित राजदूतावासबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सहजीकरण गर्न तत्काल व्यवस्था मिलाइदिनुहुन समेत अनुरोध गरिएको छ ।
आजै पार्टी केन्द्रीय सदस्य एवं निवर्तमान सांसदहरू गणेश पराजुली, अशोक चौधरी र शिव नेपाली गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटी माग सहितको पत्र बुझाएको रास्वपाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा तनहुँको सभापतिमा विश्व बास्तोला विजयी
-
दुई दिनको बिदाले जावलाखेल चिडियाखानामा आगन्तुक बढे
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
-
पाँचथरमा गुरुङकाे सभापतित्वमा रास्वपाकाे नयाँ कार्यसमिति
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण