शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

बढ्यो होटेल अकुपेन्सी, ५७ प्रतिशत पुग्यो

बुधबार, २६ कात्तिक २०८२, १३ : २०
बुधबार, २६ कात्तिक २०८२

सारांश

  • बागमती प्रदेशका होटलहरूको औसत अकुपेन्सी दर ५७ प्रतिशत पुगेको छ।
  • विदेशी तथा आन्तरिक पर्यटकको आवागमन बढ्दा होटल, रेस्टुरेन्ट र ट्रेकिङ व्यवसाय बढेको छ।
  • राष्ट्र बैंकका अनुसार, जेनजी आन्दोलनका बाबजुद पनि पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अनुमान छ।

काठमाडौँ ।  बागमती प्रदेशका होटेलहरूको औसत अकुपेन्सी दर ५७  प्रतिशत पुगेको  छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ५१.९ प्रतिशत मात्रै रहेको अकुपेन्सी आर्थिक वर्ष ०८१/०८२ मा वृद्धि भएको नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनले विदेशी पर्यटकका साथै आन्तरिक पर्यटकहरूको आवागमनमा भएको वृद्धिले होटेल, रेस्टुरेन्ट तथा ट्रेकिङलगायतका पर्यटकीय गतिविधिहरू बढेको औँल्याएको छ । प्रतिवेदन अनुसार साउन, भदौ र कात्तिकमा अकुपेन्सी धेरै बढेको देखिन्छ ।

अघिल्लो आव २०८०/०८१ मा साउनमा ३४ प्रतिशत रहेकोमा गत ८१/०८२मा ४७ प्रतिशत अकुपेन्सी पुगेको छ । यस्तै अघिल्लो आवमा भदौमा ४४  प्रतिशत रहेकोमा गत ८१/०८२मा ५९  प्रतिशत अकुपेन्सी देखिएको छ । अघिल्लो आवमा कात्तिकमा ५८ प्रतिशत होटेल अकुपेन्सी रहेकोमा गत आवमा ६७ प्रतिशत अकुपेन्सी पुगेको प्रतिवेदनमा उल्लेख छ ।  

जेनजी आन्दोलनको बाबजुद पनि बागमती प्रदेशमा चालु आर्थिक २०८२/८३ मा पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अनुमान राष्ट्र बैंकले गरेको छ ।

 ढिलो मनसुन र जेनजी आन्दोलनका कारण पहिलो ३ महिनामा केही नकारात्मक असर परेको भए पनि पर्यटनको आगमन दर हेर्दा सकारात्मक हुन सक्ने राष्ट्र बैंकको प्रक्षेपण रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप