'ब्रेन पावर' बढाउन चाहनुहुन्छ ?
सारांश
- बढ्दो जीवनशैली र सामाजिक सञ्जालको प्रभावले स्मरणशक्ति र ब्रेन पावर कमजोर हुन्छ।
- बिहानको घाममा बस्दा भिटामिन डी प्राप्त हुन्छ, जसले मस्तिष्कको कार्यक्षमता बढाउँछ र मुडमा सुधार गर्छ।
- अनुसन्धानले बिहान ७ देखि ९ बजेको घाममा १५-२० मिनेट बस्नु शरीर र मानसिक स्वास्थ्यका लागि लाभदायक देखाएको छ।
काठमाडौँ । व्यस्त जीवनशैली, सामाजिक सञ्जालको बढ्दो निरन्तर प्रभाव र अन्य सामाजिक जिम्मेवारीहरूले मानव दिमाग प्रभावित हुन्छ ।
यसले स्मरणशक्तिको त क्षय गरिरहेको छ नै, ब्रेन पावर (मस्तिष्कको शक्ति)लाई पनि कमजोर पारिरहेको छ । त्यसो भए ब्रेन पावर बढाउन के गर्नुपर्छ ? यो कमजोर हुनुको अरू कुनै कारण पनि छन् कि ? हालै गरिएको एक अध्ययनले बिहानको घाम ब्रेन पावर बढाउने प्राकृतिक तरिका भएको देखाएको छ ।
बिहानको घामले हाम्रो दिनलाई त उज्यालो बनाउँछ नै हाम्रो शरीर र दिमागलाई ऊर्जा र शक्ति पनि दिन्छ । बिहान ७ देखि ९ बजेसम्म बिहानको घाममा बस्दा शरीरले भिटामिन डी त पाउँछ नै, मस्तिष्कको काम र ध्यान केन्द्रित गर्ने क्षमता पनि बढाउन मद्दत गर्ने हालैको एउटा अनुसन्धानले देखाएको छ ।
बिहानको घामले मस्तिष्कको शक्ति बढाउन मद्दत गर्छ भन्ने कुरा यसअघि धेरै अध्ययनहरूले पनि प्रमाणित गरिसकेका छन् ।
– हार्वर्ड हेल्थ फाउन्डेसनका अनुसार बिहानको घाम भिटामिन डीको राम्रो स्रोत हो । यसले मस्तिष्कको स्वास्थ्यमा सुधार गर्छ र मुडलाई सकारात्मक राख्न मद्दत गर्छ ।
– अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशनमा प्रकाशित एक अध्ययनअनुसार बिहानको घामले फ्लूको जोखिम कम गर्छ ।
–आयुर्वेदका अनुसार बिहानको घामले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ र मानसिक स्वास्थ्यलाई सुधार गर्छ ।
बिहानको घाममा बस्नुका फाइदा
- भिटामिन डीको स्रोतः बिहानको घाम भिटामिन डीको प्राकृतिक स्रोत हो, जसले हड्डी र दाँतलाई बलियो बनाउँछ ।
- मस्तिष्कको कार्यमा सुधार गर्छः बिहानको घामले मस्तिष्कको कार्यमा सुधार गर्छ, ध्यान केन्द्रित गर्छ र एकाग्रता बढाउँछ ।
- मुड सुधार गर्छः बिहानको घामले सेरोटोनिनको उत्पादन बढाउँछ, जसले मुड सुधार गर्छ र तनाव कम गर्छ ।
- प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछः बिहानको घामले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ, शरीरलाई रोगहरूसँग लड्न सक्षम बनाउँछ ।
- छालाको लागि फाइदाजनकः बिहानको घाम छालाको लागि पनि फाइदाजनक छ । यसले छालालाई स्वस्थ राख्छ र चम्किलो बनाउँछ ।
कसरी बस्ने घाममा ?
बिहान ७ देखि ९ बजेको बिचको यस समयमा घाममा भिटामिन डी प्रशस्त मात्रामा हुन्छ । हरेक दिन १५–२० मिनेटको समय घाममा बस्न पर्याप्त हुन्छ । यो समयमा घरका सबै पर्दा हटाउनुहोस् अनि घरभित्र घाम छिर्न दिनुहोस् । घाममा निस्कनुअघि अघि सनस्क्रिन लगाउन भने नभुल्नुहोला ।
(अस्वीकरणः सल्लाहसहित यो सामग्रीले सामान्य जानकारीका लागि तयार पारिएको हो ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण